ओबामा दम्पतीले तेन्जिङ शेर्पाबारेमा चलचित्र बनाउने

काठमाडौँ । अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामा र उनकी पत्नी मिसेल ओबामाले सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पाबारे चलचित्र बनाउने भएका छन् ।

ओबामा दम्पतीको कम्पनी हायर ग्राउण्ड प्रोडक्सन्सले नेटफ्लिक्सका लागि चलचित्र बनाउन लागेको नेटफ्लिक्सले जनाएको छ।

Advertisement

तेन्जिङ नोर्गे शेर्पा र न्यूजील्याण्डका सर एडमण्ड हिलारीले सन् १९५३ मे २९ मा पहिलोपटक सगरमाथाको सफल आरोहण गरेका थिए।

चलचित्र एड डग्लसले सन् २००३ मा लेखेको पुस्तक ‘तेन्जिङः हिरो अफ एभरेस्ट’ को आधारमा बनाइने हायर ग्राउण्ड प्रोडक्सन्सले जनाएको छ।

सोलुखुम्बुको थामे गाउँमा जन्मिएका तेन्जिङले ३९ वर्षको उमेरमा सगरमाथाको आरोहण गरेका हुन्। चलचित्र रिलिजको मिति तोकिएको छैन। तर केही वर्षमै चलचित्र रिलिज हुने नेटफ्लिक्सले जनाएको छ।

More News last news
Loading...