विश्व हिन्दू महासंघ भारतको अध्यक्षमा नरेन्द्र मोदीका भाइ राव चयन

काठमाडौँ । विश्व हिन्दू महासंघको भारत देशीय राष्ट्रिय अध्यक्षमा प्रह्लाद दास दामोदर राव मोदी चयन भएका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार योगी आदित्यनाथले सम्हाल्दै आएको अध्यक्ष पद अब प्रह्लाद दास दामोदर राव मोदीले अन्तरिम अध्यक्षको रुपमा सम्हाल्ने छन् ।

Advertisement

योगी आदित्यनाथ विश्वहिन्दू महासंघको अन्तर्राष्ट्रिय उपाध्यक्षसमेत रहेको र उनी अहिले उत्तरप्रदेशको मुख्यमन्त्री समेत रहेकोले भारतमा महासंघको राष्ट्रिय समितिको जिम्मेवारी प्रह्लाद दास दामोदर राव मोदीलाई दिइएको स्रोतहरुले जनाएका छन्।

भारतमा प्रधानमन्त्री जनकल्याणकारी योजना प्रचार प्रसार अभियानका संयोजक समेत रहेका प्रह्लाद दास दामोदर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका सहोदर भाइ हुन् ।

विश्व हिन्दु महासंघको भारतीय राष्ट्रिय अध्यक्षको जिम्मेवारी पाएपछि भारतमा हिन्दूधर्मको अध्ययन, अनुसन्धान एवं संवर्धन र विकास विस्तार तथा प्रचारप्रसारमा काम गर्नुको साथै नेपाललाई पुनः हिन्दु अधिराज्य कायम गराउन आफ्नो भूमिका रहने प्रह्लादको भनाई रहेको बताइएको छ।

मुख्यालय नेपालको काठमाडौंमा रहेको विश्व हिन्दू महासंघको विश्वका पैंतालीस देशमा शाखा रहेको बताइएको छ। सनातन धर्म ॐकार परिवार (हिन्दु, बौद्ध, जैन, शिख, किराँत लगायत) को छाता संगठनको रूपमा क्रियाशील विश्व हिन्दू महासंघको भारत च्याप्टरमा प्रह्लाद मोदीको आगमनसँगै महासंघको भावी कार्यक्रम र रणनीति कस्तो हुने हो भन्ने आम सर्वसाधारणको जिज्ञाशा एवं ध्यानाकर्षण भएको छ।

More News last news
Loading...