काठमाडौँ । विश्वव्यापी कोरोना महामारीको प्रकोपका कारण अहिले सबैले मास्कको प्रयोग गर्छन्।
कतिपयले आँखाको सुरक्षाका लागि चस्मा लगाउँछन् भने आँखा कमजोर भएकाहरुलाई चस्मा नलगाइ नहुने बाध्यता हुन्छ।
यस्तो अवस्थामा मास्क लगाउँदा बाफले चस्मा छोपिने समस्या अधिकांशले व्यहोरिरहेका हुन्छन्।
मास्क लगाउँदा चस्मा बाफले छोपिएमा के गर्ने भन्ने विषय सबैलाई जानकारी नहुन सक्छ। यहाँ केही त्यस्ता टिप्सहरु दिइएको छ, जसले यो समस्याबाट जोगिन सकिनेछ।
– मास्क लगाउँदो चस्मामाथि पर्नेगरी नलगाउनुस् । चस्माले मास्कलाई थिचेर लगाउनु उपयुक्त मानिन्छ।
– टिस्यू पेपरको सहयोगले पनि यो समस्याबाट छुटकारा पाउन सकिन्छ । जस्तो कि तपाइँले मास्क लगाइसकेपछि मास्कको माथिल्लो भागमा भित्रपट्टि केही टिस्यू पेपर हाल्नुस् ।
त्यसले नाक तथा मुखबाट निस्केको बाफ सोस्नेछ र चस्मामा बाफ पुग्न पाउने छैन । जसका लागि तपाइँले टेपले टिस्यू पेपरलाई मास्कको माथिल्लो भागमा टाँसेर लगाउन सक्नुहुनेछ।
– साबुन पानीको प्रयोगले पनि तपाइँले केही हदसम्म यो समस्याबाट छुटकारा पाउन सक्नुहुनेछ। यसका लागि तपाइँले चस्मा साबुन पानीले राम्ररी धुनुपर्ने हुन्छ । यसो गर्दा बन्ने पातलो झिल्लीले चस्मामा बाफ बस्न दिनेछैन।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
