काठमाडौँ । भारतीय अर्थमन्त्री निर्मला सितारमणले आर्थिक वर्ष २०२१/०२२ को बजेट पेश गरेकी छन्। भारतले बजेट मार्फत किसानलाई दिने ऋणको सिमा बढाएको छ।
भारतले किसानलाई १६.५ लाख करोडसम्म कृषि ऋण दिने लक्ष्य लिएको छ। विशेषगरी पशुपालन, माछापालन, डेरी सँग जोडिएका किसानको आम्दानी बढाउँन ऋणको प्रयोग गरिने बजेटमा भनिएको छ।
भारतले किसानको आय दोब्बर गर्ने लक्ष्य लिएको छ। अर्थमन्त्री सितारमणले यस पटकदेखि कागजरहित बजेटको शुरुवात गरेकी छन्।
पेन्सन पाउने ७५ वर्षभन्दा बढीका भारतीय नागरिकले अबदेखि कर तिर्नुपर्ने छैन । पेन्सन पाउने नागरिकले यसबाट लाभ लिनेछन् । भारतले पूर्वाधार क्षेत्रमा विदेशी लगानीलाई शतप्रतिशत छुट दिने बताएको छ ।
यस्तै सुनचाँदीमा आयात शुल्क कटौती गरेको छ । मोवाइल, सोलार इन्र्भटर, अटो पार्टस लगायतमा भने आयात शुल्क बढाइएको छ । यस्तै वीमा क्षेत्रमा ७४ प्रतिशतसम्मको वैदेशिक लगानी प्रस्ताव गरिएको छ । अहिले ४९ प्रतिशतसम्म वैदेशिक लगानी गर्न पाइन्छ ।
भारतले पेट्रोल र डिजेलमा कृषि कर लगाएको छ । पेट्रोलमा प्रतिलिटर २.५० भारु, डिजेलमा प्रतिलिटर ४ भारु कृषि कर लगाएको छ। यसपटक आयकरको स्ल्याब परिवर्तन गरिएको छैन ।
भारतले आत्मनिर्भर स्वास्थ्य योजनालाई जोड दिएको छ । कोरोना खोपका लागि ३ अर्ब ५० अर्ब भारु छुट्याएको छ । भारतले यसपटकको स्वास्थ्य बजेट १ सय ३७ प्रतिशतले बढाएको छ।
रक्सीमा शतप्रतिशत कुषि पूर्वाधार कर लगाइएको छ । यो भोलिबाटै भारतमा लागू हुँदैछ । यसले रक्सी महङ्गो हुनेछ । यस्तै खाने तेलमा पनि कर बढाइएको छ। यसमा कच्चा पाम आयलमा साढे १७ प्रतिशत कर लगाएको छ भने सुर्यमुखी तेलमा २० प्रतिशतले कर लगाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
