अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाख ५० हजार नाघ्यो

काठमाडौँ । अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ५० हजार नाघेको छ।

पछिल्लो २४ घण्टामा २ हजार ८८९ संक्रमितको मृत्यु भएसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउने संक्रमितको संख्या ४ लाख ५० हजार ३८१ पुगेको छ।

Advertisement

यस्तै, पछिल्लो २४ घण्टामा १ लाख ४० हजार ७३२ जनामा संक्रमण पुष्टि भएको छ। यसअघि २७ मंसिरमा एकैदिन अहिलेसम्मकै धेरै ३ लाख ८६ हजार ६५४ जनामा संक्रमण भएको थियो।

पछिल्लो वृद्धिसँगै अमेरिकामा संक्रमितको संख्या २ करोड ६६ लाख नाघेको छ। संक्रमितमध्ये अहिलेसम्म १ करोड ६३ लाख २८ हजार ९५० जना संक्रमणमुक्त भएका छन्।

उपचार गराइरहेका ९८ लाख ७६ हजार ४०९ जनामध्ये २४ हजार ४८८ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ।

More News last news
Loading...