तस्वीरमा हेर्नुहोस् नयाँ दिल्लीस्थित इजरायली दूतावास नजिकैको बम विफोट

नयाँ दिल्ली । दिल्ली स्थित इजरायली दूतावास नजिकै बम विष्फोट भएको छ। बम विष्फोट हुँदा ४, ५ वटा कारमा नोक्सान पुगेको छ।

घटनामा मानविय क्षति भने नभएको स्थानीय प्रहरीलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन्। बम विष्फोट दूतावास नजिकैको फुटपाथमा भएको बताइएको छ।

Advertisement

शुक्रबार साँझ भएको विस्फोटबाट सडक किनारमा राखिएका गाडीहरुमा क्षति पुगेको हो। शुक्रबारको घटनापछि भारतीय गृहमन्त्री अमित शाहले बंगाल भ्रमण रद्द गरेका छन्।

बंगालका भारतीय जनता पार्टीका अध्यक्ष दिलीप घोषले गृहमन्त्री शाहको भ्रमण स्थगन भएको जानकारी दिएका छन्।

गृहमन्त्री शाहले शुक्रबार राति नै सुरक्षा र गुप्तचर निकायका शीर्ष प्रतिनिधिसँग आपतकालीन बैठकसमेत गरेका छन्।

More News last news
Loading...