काठमाडौँ । स्वस्थ शरीरका लागि संतुलित आहार धेरै नै आवश्यक हुन्छ । महिलहरुलाई महिनावारी, गर्भवति अथवा जस्ता कुराको सामना गर्नुपर्छ । यस समय शरीरमा धेरै किसीमका हार्मोन बदलिरहन्छन् । त्यसैले पुरुषहरुको तुलनामा महिलाहरुलाई पोषणको धेरै जरुरी हुन्छ । महिलाहरुकालागि केहि चिज सुपरफूड मानिन्छन् अथवा यस्ता खानेकुराहरु आफ्नो डाईटमा सामेल गर्नु आवश्यक छ ।
चिल्लो रहित दहि – महिलाहरुलाई आफ्नो डाइटमा चिल्लो रहित दहि खानु आवश्यक छ । Age-proof Your Body पुस्तककी लेखिका अथवा न्यूट्रिसियन एलिजाबेथ सोमरले बताएकी छन् । दहिले ब्रेस्ट क्यान्सरबाट हुने खतरालाई कम गर्दछ । यो प्रमाणीत भैसकेको छ कि यसले पेटसँग जोडिएका सम्पूर्ण समस्यालाई कम गर्दछ । पुरुषहरुको तुलनामा महिलाहरुमा पेटसगँ जोडिएका समस्या बढी हुन्छन् । दहीले पेटमा हुने अल्सर अथवा भेजाइनल इंफेक्सन जस्ता खतरालाई कम गर्दछ । यसका साथै दहीमा हड्डीलाई बलियो बनाउने क्यल्शियम पनि पाइन्छ । क्यल्सियम सबै उमेरका महिलाहरुका लागि आवश्यक रहन्छ । महिलाहरुले हरेक दिन ब्रेकफास्ट, लंचमा एक कप दहि खानै पर्ने हुन्छ ।
बोसोयूक्त माछा – महिलाहरुलाई सल्मन, सोर्डिन अथवा म्याकेरल माछा आफ्नो डाइटमा राख्न अति आवश्क रहेको छ । यी माछाहरुमा ओमेगा ३ फरयाटी एसिड हुन्छ । यसमा डोकोशेक्सानोइक एसिड हुन्छ । बोसोयुक्त माछामा मुटुको बिरामी,स्ट्रोक हाइपरटेंशन , डिपे्रशन,ज्वाइंट पेन अथवा इफ्लेशनसँग जोडिएका तमाम बिमारीका समस्यालाई हटाउँछ । यसका साथै अल्जाइमरबाट पनि बचाउँछ । हप्तामा २/३ बार बोसोयूक्त माछा अवश्य खानु पर्छ ।
सिमी – सिमी तौल कम गर्नुका साथै प्रोटीन र फाइबरको राम्रो स्रोत हो । यसले मुटुको रोग कम गर्नुका साथै ब्रेस्ट क्यन्सरको खतराबाट बचाउँदछ । प्रसिद्ध न्यूट्रिशनिस्ट क्रुसका अनुसार बीन्सले महिलाहरुमा हार्मोनलाई स्थिर राख्दछ । क्रूस भन्छिन्, सिमी महिलाहरुका लागि सवैभन्दा आवश्यक चीज हो । क्यान्सरको अन्तराष्ट्रिय जर्नलमा प्रकाशित एउटा अध्ययनमा अनुसन्धानकर्तहरुले पत्ता लगाए कि सिमीले स्तन क्यान्सरको जोखिम कम गर्दछ । सिमीले न केवल कोलेस्ट्रोल घटाउँछ, पेरिमेनोपा वा मेनोपामा हर्मोनहरु पनि स्थिर गर्दछ ।
टमाटर – टमाटरमा पाइने लाइकोपिनलाई पोषक तत्वहरुको पावरहाउस भनिन्छ । अध्ययनका अनुसार लाइकोपिनले स्तनको क्यान्सरबाट बचाउँछ र कडा एन्टिआक्सिडन्ट पनि हो जसले महिलालाई हृदय रोगसँग लड्न मद्दत गर्दछ । भारतको अर्को अध्ययनले दाबी गरेको छ कि टमाटरमा पाइने लाइकोपिनले बुढेसकालका लक्षणहरुलाई रोक्न मद्दत गर्दछ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
