४० को उमेर कटेपछि नखानुहोस् यस्ता खाना, लाग्नसक्छ आर्थराइटिसको बिमारी !

काठमाडौँ । आर्थराइटिस ४० कटेपछी मात्र हुन्छ भन्ने मनस्थिति आम मानिसमा रहेको छ। तर आजभोलिको गलत खानपान र जीवन शैलीका कारण मानिसहरु उमेर नपुगी विभिन्न स्वास्थ्यसम्बन्धि समस्याका शिकार हुन पुगेका छन। आर्थराइटिस बिशेषगरि महिलाहरुमा देखिने रोग हो यसका अलावा यो समस्या केहि पुरुषहरुमा पनि हुने गर्छ। आर्थराइटिस १ सय भन्दा बढी प्रकारका हुन्छन त्यसमध्ये पनि ऑस्टियो आर्थराइटिस र रुमेटॉयड आर्थराइटिस प्रमुख हुन्छन। ऑस्टियो आर्थराइटिसको प्रभाव औला , घुंडा तथा हिप्स्मा देखिने गर्छ भने मेटॉयड आर्थराइटिस हात तथा खुट्टासंग सम्बन्धित रहन्छ। यिनै समस्याका कारण हिडडुल गर्न गाह्रो हुने तथा अन्य शारीरिक समस्या देखिन्छ।

यसको उपचार पेन किलर मार्फत पनि गरिन्छ यद्धपी खानपानमा ध्यान दिनले पनि यस समस्याबाट केहि हदसम्म मुक्ति पाउन सकिन्छ।आर्थराइटिसको समस्या अनुबंशिक पनि हुन सक्छ।

Advertisement

आर्थराइटिसका संकेतहरु

जोर्नी दुख्नु

मांशपेशी सुन्निनु

रातो हुनु

छाला खस्रो हुनु आदि

समाधानको उपाय

नियमित कसरत गर्ने

आराम गर्ने

पौष्टिकयुक्त खाना खाने
यसका अलावा आर्थराइटिसका समस्या भएकाहरु यी खानेकुराको सेवन गर्नबाट सकेसम्म बच्नु पर्ने छ

फ्राईड़ एण्ड प्याकेज्ड फुड
आर्थराइटिसका समस्या भएकाहरु फ्राईड़ एण्ड प्याकेज्ड फुडको सेवन गर्नबाट बच्नुपर्ने हुन्छ। यसको सट्टा ताजा फलफुल तथा तरकारीको सेवन आवश्यक छ।

ओवर-हीटिड फूड
एक अध्ययनका अनुसार आर्थराइटिस भएका मानिसहरुले सकेसम्म ओभर हिटिंग र शिल्डयुक्त खाना खानबाट बच्नु पर्ने हुन्छ। साथै खाना बनाउदा पनि उच्च तापक्रममा नबनाउदा नै राम्रो हुने छ।

सुगर
जुनसुकै कुरा पनि आवश्यकताभन्दा बढी प्रयोग गरियो भने त्यो स्वास्थ्यका लागि हानिकारक नै हुन्छ चाहे त्यो चिनी होस् या पानी। बादी गुलिया तथा चिनी मिसिएका खानेकुराको सेवन गर्नाले पनि शरीरको अंग सुनिन सक्ने भएकाले आर्थराइटिस भएका मानिसहरुले गुलियो पिरो खानबाट बच्नु पर्ने हुन्छ।

डेरी प्रोडक्ट्स
भनिन्छ दहि दुधको सेवनबाट शरीरमा आवश्यक क्याल्सियम प्राप्त हुन्छ। तर आर्थराइटिसको समस्या भएकाहरुका लागि डेरी प्रोडक्टको सेवन लाभदायक मानिदैन।

धुमपान मध्यपान
धुमपान तथा मध्यपान स्वास्थ्यका लागि हानिकारक रहेको छ। यसले हाडजोर्नी दुखाई बढ्ने सम्भावना रहन्छ। जोर्नी दुखाई कम गर्नका लागि नियमित कसरत र खानपानमा ध्यान दिनु आवश्यक छ।

More News last news
Loading...