के तपाईको हात खुट्टा निदाउँछ ? हुनसक्छ कुनै नशामा खराबी, यस्तो छ उपचार विधी

काठमाडौँ । हात खुट्टा झम-झमाउने वा शरीरको कुनै भाग निदाउने जस्ता समस्याबाट पीडित व्यक्तिहरुको संख्या अचेल निकै बढेको देखिन्छ । के युवा, महिला, वृद्ध जो कोहिको शरीरका बिभिन्न भाग कुनै समय झमझमाए कै हुन्छ ।

जोसुकैलाई पनि यो समस्या हुनसक्छ, फरक यति मात्र हो कसैलाई हिडाई, बसाई, सुताई नमिलेर झम्झमाउने हुन्छ भने कसैलाई रोगको कारणले गर्दा हुन्छ। शरीरको जुनसुकै भागमा निदाउने हुन सक्छ र त्यहाँको सेन्सिटीभिटी कम महशुस हुनका साथै झम्झमाउन थाल्छ। प्रभावित भागलाई छुँदा कुनै प्रकारको अनुभव हुँदैन या कम महशुस हुन्छ। यस्तो अनुभव हुन्छ कि त्यहाँ ज्यान नै छैन वा रक्तसञ्चार भइरहेको छैन। कहिले कहिं शरीरको सन्तुल नमिलेर कुनै भाग निदाउनु वा झमझमाउनु भनेको सामान्य कुरो हो। यदि बारम्बार शरीरको कुनै भाग निदाउने वा झम्झमाउने भईरहेमा बेलैमा सोच्नुपर्ने हुन्छ।

Advertisement

कहाँ कहाँ हुन सक्छ ?
व्यक्तिको कुनैपनि अंग बिषेशमा यो समस्या हुन सक्छ। जस्तै, हातमा, हातका औंलाहरुमा, खुट्टामा, पैतालामा, पेटमा, गला, शिरमा ईत्यादि। यदि तपाईको हातको औंलामा सुन्नपना छभने यस्तो अनुभव हुन्छ कि औंला झम्झमाई रहेछ। छुने बित्तिकै कहिले कहिं त करेन्ट लागे जस्तो हुन्छ भने कहिले प्रभावित अंगमा महशुस गर्ने शक्ति कम हुन जान्छ।

झमझामउनुको कारण
मानसिक तनाव, थकान र चिन्ताका कारण पनि यस्तो हुन्छ। जसले गर्दा हात खुट्टा तातेको, निदाएको र झम्झमाएको महशुस हुन्छ। बीसदेखि तीस प्रतिशत हात खुट्टा झम्झम् गर्नु कुनै अन्य शारीरिक रोगका कारण पनि हुन सक्छ। सुन्नपन (निदाउनु) को कारण व्यक्तिको शरीरिक अंग बिशेषमा निर्भर गर्दछ। यदि खुट्टा निदाएको छ भने यसको कारण र हातका औला झम्झमाएको छभने यसको कारण यि दुवैको कारण अलगअलग हुनसक्छ।

यदि कुनै अंगको नशा च्यापिन गयो भने त्यस भाग झम्झम् गर्ने वा निदाउने संभावना बढी हुन्छ। यसैगरी कुनै कारणबस शरीरको अंगको कुनै नशामा खराबी आयो भने पनि सुन्नपन हुनसक्छ। डायबिटिज् (मधुमेह) को बिरामीलाई पनि अंग बिषेशमा झम्झमाउने हुने गर्छ। यसलाई सामान्य कारण मानिन्छ, अर्को रोग हो बाथरोग। स्पाइनल कार्ड ( मेरुदन्ड )मा ट्युमर वा संक्रमण भएपनि यस्तो समस्या हुन्छ। अर्को कारण पिरिड्गोमायलिया अर्थात स्पाइनलकार्डमा पानी जम्नु हो। कहिले कहिं लिपोमा (फ्याटी ट्युमर) को केशमा पनि झम्झमाउने समस्या हुन जान्छ। लिपोमामा नशा च्यापिन गई यो समस्या हुन्छ। कतिपय अवस्थामा जोर्नीहरु हातको कुहिनो र कुम, खुट्टाको घुँडामा नशा च्यापिएर पनि झमझमाउन सक्छ।

चोट पटकबाट घाईते हुँदा पनि यस्तो हुन्छ। कतिपय अवस्थामा भने दिमागमा लागेको कुनै पुरानो चोट-पटकको कारणले पनि यस्तो हुन सक्छ। अन्य कारणहरुमा शरीरमा पोषणतत्वको कमि। जस्तै, भिटामिन डि १, डि ६, डि १२ को कमिले गर्दापनि झमझमाउने हुन्छ। यदि तपाईको शरीरमा यि भिटामिनहरुको कमि छभने झम्झमाउदछ। यस्तै क्यालसियम र भिटामिन-सीको शरीरमा कमि छ भने निदाउने वा झम्झमाउने हुन सक्छ। यसको अलावा हामीले पिउने पानीमा खानिज तत्वहरु (मिनरल) फास्फोरस, क्यालसियम, सोडियम र आर्सेनिक आदिको असन्तुलनले पनि हात खुट्टा झम्झमाउने वा निदाउने समस्या हुनसक्छ।

उपचार
होमियोप्याथीमा चिकित्समा रोगीको मानसिक एवं शारीरिक लक्षणका साथै रोगको अवस्था तथा रोग हुने कारण समेतलाई ध्यानमा राखेर उपचार गर्ने गरिन्छ। शरीरको कुनैभाग निदाउने वा झम्झमाउने समस्याको लागि लक्षणअनुसार सफलतापुर्वक प्रयोग हुने केहिं औषधि पनि छन्।

औषधीहरु
एगरिकसमस्केरियस, आर्जेन्ममेटालिकम, जेल्सिमियम, आर्निका मोन्टेना, हाईपेरिकम, रसटक्स, एम्ब्राग्रिशिया, एपिसमेल, एसाफोटिडा, ब्रायटाकार्ब, ब्युफोराना, कल्केरियाफोस, कास्टिकम, केमोमिला, सिक्युटाविरोसा, काकुल्स ईन्डिका, कोनियम, हेलोनियस, केलमिया, नेट्रम म्युर, फासफोरस, रेफनस, सिकेलिकोर, टेरेन्टुलाहिस्पानिया, पिक्रिकएसिड आदि। उपरोक्त औषधिहरुको प्रयोग आफ्नो नजिकको कुनै योग्य, अनुभवि तथा काउन्सिलमा दर्ताभएको चिकित्सकसंग परामर्श लिई सेवन गर्नु उचित हुन्छ।

More News last news
Loading...