कोरोना भ्याक्सिन बनाउने विश्वकै ठूलो कम्पनीमा भीषण आगलागी

काठमाडौँ । विश्वकै सबैभन्दा ठूलो भ्याक्सिन उत्पादक कम्पनी सिरम इन्स्टिच्युट अफ इण्डियाको कारखानामा भीषण आगलागी भएको छ।

पुणेस्थित यो कारखाना सिरमको सबैभन्दा ठूलो कारखाना हो। यहाँ अहिले कोरोनाभाइरस विरुद्धको भ्याक्सिन उत्पादनको काम भइरहेको छ। यहाँ अक्सफोर्ड–एस्ट्राजेनेकाले विकास गरेको भ्याक्सिन उत्पादनको काम भइरहेको छ।

Advertisement

कोभिशिल्ड नामक भ्याक्सिन उत्पादन गर्ने यो कारखानामा आज दिउँसो लागेको आगो नियन्त्रण गर्ने प्रयास भइरहेको छ। भारतले आज मात्रै नेपाललाई १० लाख डोज भ्याक्सिन पठाएको थियो।

यो भ्याक्सिन यही कारखानामा उत्पादन भएको हो। समाचार एजेन्सी एएनआइका अनुसार आगलागीको कारण अहिलेसम्म थाहा हुन सकेको छैन। १० वटा अग्नी नियन्त्रक गाडी घटनास्थलमा पुगिसकेका छन्।

गेट नम्बर १ मा आगो लागेको हो। आगोको प्रकोप लगातार बढिरहेको छ। भवनको दोस्रो, तेस्रो, चौथो र पाँचौं तलासम्म आगो पुगिसकेको छ।

आगोले भएको नोक्सानबारे अहिलेसम्म जानकारी छैन। आगोका कारण चारैतिर धुवाँको बादल फैलिएको छ। मानवीय क्षतिबारे कुनै जानकारी प्राप्त भएको छैन।

More News last news
Loading...