सञ्जयभक्त कँडेल
जिएनएन/बेलायत । दोश्रो विश्व युद्धपछि सबैभन्दा बढि सात लाख आप्रवासीहरुले आफ्नो एकैसाथ बेलायत छाडेका छन्। दोश्रो विश्व युद्धपछि सबैभन्दा बढि आप्रवासीले बेलायत छाडेको यो पहिलो हो, बेलायतको गृह मन्त्रालयले जनाएको छ।
हालैको बसाईसराई गतिविधिले लण्डनको जनसंख्या आठ प्रतिशतले घटेको छ। कोभिड १९ महामारी र ब्रेक्जीटले निम्त्याएको अप्ठ्यारो अवस्था नै यसको मुख्य कारण भएको बेलायती गृह मन्त्रालयका उच्च अधिकारीहरुको अनुमान छ।
आप्रवासीहरूलाई अनुगमन गर्ने माइग्रेसन वाच यूकेका अनुसार यूकेको कडा बसाईसराई सम्वन्धि नीतिका कारण आउने दिनहरुमा बेलायती अर्थत्रन्त्रलाई सन्तुलित पार्न चाहिने आवश्यक कामदारहरुको आपुर्तिमा समस्या आउने देखिन्छ।
सर्वप्रथम युके गृह मन्त्रालयले वसाईसराई नीतिलाई खुकुलो बनाउनु नै ब्रेक्जिटबाट आउने विचलनलाई रोक्नु रहेको यस क्षेत्रका विज्ञहरु को राय रहेको छ।
पछिल्लो जनगणनालाई आधार मान्दा युनाइटेड किङ्गडमको (यूके) जनसंख्या ६६.६५ मिलियन रहेको छ। सन् २००१ देखि सन २०११ को विचमा मात्रै ७.५ मिलियन युनाइटेड किङ्गडम भन्दा वाहिर जन्मीएका मानिसहरु बेलायतमा बसाई सरेर आएको तथ्याङ्कले देखाउँछ।
नेशनल अडिट यूकेको कार्यलय अनुसार आठ लाख साठीहजार कागजपत्र नभएका अवैधानिक आप्रवासी रहेपनि विभिन्न कारणले यो जनसंख्या एक मिलियन भन्दा वढि रहेको संवन्धित क्षेत्रका विज्ञको अनुमान छ।
बेलायतमा कोरोनाका कारण मात्रै नब्बे हजार भन्दा बढिले ज्यान गुमाईसकेका छन भने ३.४४ मिलियन (लगभग ३५ लाख) मानिसहरु कोभिड पोजेटिभ प्रमाणित भएका छन।
हस्पिटालिटी र आप्रवासीलाई पढाउन खुल्ला गरिएका युनिभर्सिटीहरु लगाएत धेरैजसो क्षेत्रको व्यवशायिक अवस्था दयनिय छ भने यहाँको नेशनल हेल्थ सर्भिसले पनि विरामीको भार अस्पतालहरुमा थेग्न नसक्ने गरी ह्वातै बढेपछि अत्यावश्यक अवस्था वाहेक घरमै वसेर स्वस्थ हुन र सुरक्षित रहन आग्रह गरेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
