यस्ता व्यक्तिलाई हुन्छ मिर्गौलामा पत्थरी, यी संकेतलाई नगर्नुहोस् वेवास्ता

काठमाडौँ । मिर्गौलामा हुने पत्थरी आम समस्याको रुपमा देखापर्दैछ। दैनिक पत्थरीको समस्या बाकेर अस्पताल धाउनेको संख्या निकै ठूलो छ। विशेषगरी अव्यवस्थित जीवनशैली र खानामा असन्तुलनको कारण यस्तो समस्या हुन्छ।

महिलाको तुलनामा पुरुषमा पत्थरीको समस्या बढी हुने गर्छ । उसो भए मिर्गौलामा पत्थरी कति हानिकारक छ त ?

Advertisement

कसलाई हुन्छ पत्थरी ?

– मिर्गौलामा पत्थरी हुनुका कुनै निश्चित कारण हुँदैन । यसका विभिन्न रिस्क फ्याक्टर हुन्छन् । मिर्गौलामा पत्थरी हुनुमा हावापानी, वातावरणलगायतका महत्वपूर्ण भूमिका हुन्छ।

– मिर्गौलामा पत्थरी वंशाणुगत समस्या पनि हो। त्यसैले परिवारको कुनै सदस्यमा यस्तो समस्या छ भने उसको सन्तानमा यस्तो समस्याको सम्भावना अत्यधिक हुन्छ।

– पत्थरीको समस्याबाट बच्न अत्यधिक नुनबाट पनि बच्नुपर्ने हुन्छ । नुनको बढी सेवनले पत्थरी बन्ने प्रक्रिया छिटो हुन जान्छ।

– मोटोपनको समस्या पनि पत्थरीको कारण हो।

– कतिपय मानिसले बढी मात्रामा माछा मासु र गेडागुको प्रत्योग अत्यधिक गर्छन् । जसबाट प्रोटिन प्राप्त हुन्छ । प्रोटिनको बढी प्रयोग पनि पत्थरीको अर्को कारण हो।

– विभिन्न खालका औषधीको सेवनलेसमेत पत्थरीको समस्या हुन्छ । जस्तो की थाइराइड, क्याल्सीयमजस्ताको अत्याधिक औषधी सेवनले पत्थरीको समस्या निम्त्याउँछ।

– शरिरमा विभिन्न खालका संक्रमणहरु देखिने गर्छन् । बढी मात्रामा संक्रमण देखिन थालेको मिर्गौलामा पत्थरीको समेत सम्भावना हुन्छ।

– मिर्गौलामा पत्थरी पर्नुको अर्को कारण पानीको कम सेवन पनि हो । त्यसैले प्रयाप्त पानीको सेवन गर्न जरुरी हुन्छ।

– बढी मात्रामा पालुङ्गोको साग प्रयोग गर्दा पनि मिर्गौलामा पत्थरीको समस्या देखिन सक्छ।

गर्मीमा बढी समस्या

तुलनात्मक रुपमा गर्मी मौसममा बस्ने मानिसलाई पत्थरीको समस्या बढी हुन्छ। यस्तो ठाउँमा बस्ने मानिसको शरिरबाट बढी पसिना वहने गर्छ।

जसको कारण पिसाव पनि गाढा हुन जान्छ। जसको कारण शरिरबाट सबै फोहोर अर्थात विकार पदार्थ निस्कन पाउँदैन । बरु मिर्गौलामै थिग्रिएर बस्छ। जुन पत्थरको रुपमा विकास हुन्छ।

पत्थरीका प्रकार

– क्याल्सीयम अग्जीलेट स्टोन,

– युरिक एसिड स्टोन,

– म्याग्नेशीयम स्टोन,

– सिस्टीन स्टोन ।

कसरी थाहा पाउने ?

– पत्थरीको समस्या भएमा कोखा, ढाड, तल्लो पेटमा अत्याधिक पीडा हुन्छ।

– पिसाव फेर्न गाह्रो हुनुका साथै पिसावमा रगतसमेत देखा पर्न थाल्छ।

– मिर्गौलामा पत्थरी भएमा ज्वरो आउने, वाकवाक लााग्ने, वान्ता हुनेलगायतका लक्षण देखिने गर्छन्।

कति खतरनाक ?

– मिर्गौलामा पत्थरी भएमा पिसाव नलीमा विभिन्न फोहोर अड्कीन थाल्छ । जसले गर्दा थप संक्रमण देखा पर्छ र मिर्गौला नै फेल हुन जान्छ।

– मिर्गौलाको मुख्य काम भनेको खाएका विभिन्न पदार्थलाई फिल्टर गरी काम नलाग्ने पदार्थलाई पिसावको माध्ययमबाट वाहिर फ्याक्ने हो।

तर, पत्थरीको समस्या भएमा फिल्टरिङ प्रोसेसमै समस्या देखिन थाल्छ। जसले गर्दा मुटुलगायत शरिरका अन्य भागमा पनि गम्भीर असर देखा पर्न जान्छ।

– यसले हात खुट्टा सुनिने, शरिरका लागि हानिकारक टक्सीनहरु जम्मा भई कैयौँ शारिरिक समस्या निम्त्याउने गर्छ ।

मिर्गौलाका मुख्य काम

– मिर्गौलाको मुख्य काम भनको शरिरका हानीकारण पदार्थलाई वाहिर फ्याक्ने र काम लाग्ने तत्वहरुलाई विभिन्न सम्बन्धित अंगमा पठाउने हो । त्यसैले मिर्गौला शरिरको निम्ति निकै महत्वपूर्ण हुन्छ।

– यसले शरिरमा एसिड र बेसको सन्तुलन मिलाएर राख्ने गछै।

– मिर्गौलाले एरिट्रो पोयटिन नामक तत्वको निर्माण गर्छ। जसले रगत निर्माणमा मदत गर्छ।

– मिर्गौलाले रेनिन नामक तत्व पनि उत्पादन पनि गर्छ। जुन तत्वको काम शरिरको रक्तचापलाई सन्तुलनमा राख्ने हो।

More News last news
Loading...