यस्तो अवस्थामा मधुमेहका कारण हुन्छ मिर्गौला खराबी

काठमाडौँ । मिर्गौला सम्बन्धि समस्या हुनमा मधुमेह प्रमुख कारण मानिन्छ। मधुमेहका कारण मिर्गौला रोग भएमा त्यसलाई डायबिटिक नेफ्रोप्याथी भनिन्छ।

मधुमेह हुने चार वयष्कमध्ये एकलाई यो रोग लाग्छ। यो रोग लागेमा शरीरका विभिन्न अंगमा क्षति पुग्ने गर्दछ।

Advertisement

सामान्यतया, उच्च रक्तचाप, मधुमेह लगायतका कारण मिर्गौलामा क्षति पुग्ने गर्दछ। जब रक्तवाहिका क्षतिग्रस्त हुन्छ, तब मिर्गौलले काम गर्न छोड्छ।

लामो समय मधुमेहको समस्या भएमा पनि यसले मिर्गौलामा क्षति पुग्ने गर्छ। जब सानो रक्तबाहिनीमा असर हुने गर्छ, तब दुवै मिर्गौलामा प्रोटिन्सको वहाव बढी हुने गर्छ। र, यसले रक्त बाहिनीमा असर गरेमा मिर्गौलाले विस्तारै विस्तारै रगतमा भएको विषाक्तलाई फिल्टम गर्न छोड्छ।

यो रोग लागेमा रोग कम हुनुका साथै बढ्दै जाने गर्छ। जुन मिर्गौलाको नशामा अवरोधका कारण हुने गर्छ। व्रिटिश डाक्टर क्लिफोर्ड विल्सनले जर्मन मुलका अमेरिकी डाक्टर पाल किमेल्सेटेलसित मिलेर डायबिटिक नेफ्रोप्याथी सिंन्ड्रोेमको खोज गरेका थिए। सन् १९३६ मा यसबारे एउटा जर्नमा उल्लेख गरिएको थियो।

यो रोग विशेषगरी १५ वर्ष वा सो भन्दा अधिक समय मधुमेह भएको विरामीहरुमा देखा पर्ने गर्छ। यसको अर्थ के हो भने डायबिटिक नेफ्रोप्याथीको समस्या ५० देखि ७५ वर्ष उमेरका मानिसमा धेरै देखिने गर्छ।

यो रोग लागेको पहिलो तीन वर्ष भित्रमा नै मानिसको मृत्यु हुन सक्ने भएकोले यसलाई जटिल रोगमा गनिन्छ।

डायबिटिक नेफ्रोप्याथी हुने सम्भावना पुरुषको तुलनामा महिलामा बढी हुने गर्छ। अमेरिकामा मिर्गौला फेल हुनु तथा विग्रनुमा डायबिटिक नेफ्रोप्याथी आम कारण मानिन्छ।

यो रोगको चपेटामा टाइप १ तथा टाइप २ दुवै प्रकारका मधुमेह रोगी पर्न सक्छन्। त्यसैले रगतमा चिनीको मात्रा नियन्त्रित गर्न नसकेको खण्डमा यस रोगको खतरा अझै बढ्ने गर्छ।

र, कोलेस्ट्रोलको समस्या हुनेलाई पनि यसले थप जटिलता निम्त्याउन सक्छ।

डायबिटिक नेफ्रोप्याथी भएमा पिशाबमा अधिक मात्रामा सेरम निस्कने गर्दछ । यसको पहिचानका लागि कही ल्याब परिक्षण गर्नुपर्छ ।

यस क्रममा गाठयुक्त ग्लोमेरुलोस्केलेरोसिस ग्लोमेरुलीमा क्षति पुग्ने गर्दछ । जसका कारण पिशाबमा एल्ब्युमिनको मात्रा अधिक हुने गर्छ । मिर्गौलाको परीक्षणका क्रममा डायबिटिक नेफ्रोप्याथी भएको सजिलै थाहा पाउन सकिन्छ ।

यो समस्या भएमा मिर्गौलामा क्रमश क्षति भई मिर्गौलाले काम गर्न समेत बन्द गर्छ। यतिसम्मकी डायलासिस तथा ट्रान्सप्लान्ट पश्चात्त पनि मधुमेहका विरामीको हालत अन्य विरामी भन्दा अझै धेरै खराब हुनसक्छ।

डायबिटिक नेफ्रोप्याथी भएमा यसको लक्षण नदेखिन पनि सक्छ। यसको पहिचान गर्ने एक मात्र उपाउ भनेको मिर्गौलाको जाँच नै हो । त्यस्तै, नियमित रुपमा पिसाबको परिक्षण गरेर पनि यस रोगबारे पत्ता लगाउन सकिन्छ।

यो रोग लागेमा यसले विभिन्न चुनौती निम्त्याउने गर्छ।

डायबिटिक नेफ्रोप्याथी निम्त्याउन सक्ने सम्भावित समस्या

-हाइपरग्लेसिमिया

-क्रोनिक मिर्गौला फेलियरको सम्भावना

-मिर्गौलाको रोगको अन्तिम अवस्था

-हाइपरकलेमिया

-मिर्गौला प्रतयारोपणको खतरा

-मधुमेह सम्बन्धि अन्य समस्या

-संक्रमणको खतरा

मधुमेह आफैमा आम समस्या हो। तर मधुमेहकै कारण डायविटिक डायबिटिक नेफ्रोप्याथी हुने सम्भावना उच्च हुने गरेको छ।

स्वस्थ खानपान तथा स्वस्थ जीवनशैली अपनाएर यसलाई नियन्त्रण गर्न सकिन्छ। तर यसको लागि जीवनशैलीमा ध्यान दिन जरुरी छ।

More News last news
Loading...