काठमाडौँ । गर्भपतनको क्रममा कतिको ज्यान जाने जोखिम रहन्छ । कतिपयको स्वास्थ्य स्थिती एकदमै नाजुक बन्न पुग्छ।
त्यसैले वैधानिक स्वास्थ्य संस्थाबाट, गर्भ रहेको उचित अवधीमा, आवश्यक प्रक्रिया पुरा गरेर गरिएको गर्भपतन मात्र सुरक्षित मान्न सकिन्छ।
यद्यपी गर्भपतन गराउनु आफैमा फाइदाजनक चाहि होइन । यसले महिलाको पाटेघर एवं प्रजनन स्वास्थ्यमा असर गर्छ ।
यी जोखिमपूर्ण अवस्था हुन्
– ४८ घण्टाभन्दा बढी समयसम्म १०० डिग्रीभन्दा बढी ज्वरो आउनु
– अत्याधिक रक्तस्राब हुनु
– रगतको ढिक्का ढिक्का बनेर रक्तस्राब हुनु
– गर्भपतन गरेको ४/५ दिनसम्म रक्तस्राब भइरहनु
– तल्लो पेटमा अत्याधिक पीडा हुनु
– कमजोरी महसुष हुनु
– भोक नलाग्नु, निद्रामा समस्या आउनु
– योनीबाट दुर्गन्धित डिसचार्ज हुनु ।
– पिसाब र मल त्यागको बानीमा परिवर्तन आउनु ।
– पिसाब वा दिसामा रगत आउनु ।
– चक्कर आउनु, बेहोसी हुनु ।
गर्भपतन गराएपछि सामन्य अवस्थामा आउन १ देखि ६ हप्तासम्म लाग्छ । गर्भपतन मान्यता प्राप्त स्वास्थ्य संस्थामा अनुभवी चिकित्सकबाट गराउँदा सुरक्षित हुन्छ ।
सयमा एक महिलामा गम्भिर समस्या देखिन सक्छ । गर्भपतन पछि महिलाहरुमा महिनावारी अनियमित हुन सक्छ । शारीरिक सम्बन्ध बनाउँदा पीडा हुन सक्छ । ३ हप्ता भन्दा बढी रक्तस्राब हुन्छ ।
२ महिनासम्म बेस्सरी पेट दुख्ने, भावनात्मक रुपमा कमजोर अनुभव गर्नु । पेल्भिक इनफ्लामेटी डिजिज हुनु ।
यदि गर्भपतनपछि स्तनबाट दुध जस्तै पदार्थ तरल पदार्थ निस्किएमा आत्तिनु पर्दैन । यस्तो गर्भावस्थाको क्रममा हुने हर्मोनल परिवर्तनको कारणले हुन्छ । यस्तो समस्या केही समयमा आफै ठिक भएर जान्छ । यदि समस्या गंभिर छ भने चिकित्सकलाई भेट्नु उत्तम हुन्छ ।
केही अध्ययनबाट यो कुरा बाहिर आएको छ कि जो महिलाले आफ्नो पहिलो गर्भावस्थामा गर्भपतनको विकल्प छनौट गर्छन्, उनले आफ्नो स्वाथ्यलाई मात्र खराब बनाउँदैन, हुनेवाला बच्चाका लागि पनि केही खतरा निम्त्याउँछ ।
यस्तो अवस्थामा ति महिलाले भविष्यमा प्रिमेच्योर (कम उमेरको) बच्चा जन्म दिने आशंका ३७ प्रतिशतसम्म रहन्छ। पहिलो गर्भावस्थामा गर्भपतन गराउने महिलाको हुनेवाला बच्चाको जन्मको समय भार कम हुने खतरा पनि बढ्छ। विवाहपूर्वको गर्भपतनमा यी खतरा कायम रहन्छ।
अध्ययनबाट यो कुरा पनि बाहिर आएको छ कि, शल्यक्रियाभन्दा औषधीबाट गरिने गर्भपतन तुलनात्मक रुपमा कम जोखिमपूर्ण हुन्छ।
गर्भपतनपछि निरिक्षण गराउनुपर्छ
गर्भपतनको दुई सप्ताहपछि स्वास्थ्य परीक्षण गराउनुपर्छ । यसले गर्दा गर्भाशयको अवस्था कस्तो छ भनेर थाहा हुन्छ।
किनभने गर्भपतनपछि गर्भाशयको संक्रमण भएको पनि हुनसक्छ । गर्भपतनको क्रममा भएको घाउ ठिक भयो कि भएन भनेर निरिक्षण गर्नुपर्छ ।
कहिले काहीँ ब्याक्टेरिया गर्भाशयमा प्रवेश गर्ने भय रहन्छ । त्यसैले गर्भपतनपछि अनिवार्य रुपमा स्वास्थ्य परीक्षण गराउनुपर्छ।
सुरक्षित गर्भपतन
९० प्रतिशत गर्भपतन गर्भावस्थाको १३ सप्ताहसम्म पुग्नुअघि गरिन्छ । गर्भपतन जति चाडो गराइन्छ, उत्तिनै राम्रो हुन्छ।
तपाईं कति सप्ताहको गर्भवती हुनुहुन्छ, त्यसको गणना तपाईंको अन्तिम महिनावरीको पहिलो दिनबाट गर्नुपर्छ । यदि त्यसमा तपाईं प्रष्ट हुनुहुन्न भने अल्ट्रासाउन्ड स्क्यान गर्नुपर्छ ।
तपाईंको स्वास्थ्यका लागि यो राम्रो हुन्छ कि, गर्भवती हुन चाहनुहुन्न भने चिकित्सकको सल्लाहमा उपयुक्त गर्भनिरोधक उपाय अपनाउनुहोस् ।
गर्भनिरोधक उपाय राम्रो विकल्प
अहिले कति प्रकारका गर्भनिरोधक उपाय उपलब्ध छन्, जो सुरक्षित छ । यी गर्भनिरोधक उपाय अपनाएर गर्भ रहने भय हटाउन सकिन्छ । असुरक्षित गर्भ रहने र गर्भपतन गराउने तनाव एवं झन्झट रहन्न ।
गर्भपतनपछि ध्यान दिनुपर्ने कुरा
– पर्याप्त पानी पिउनुपर्छ।
– केही दिनसम्म आरम गर्नुपर्छ ।
– गहिरो र पुरा निद्रा लिनुहोस् ।
– २ सप्ताहसम्म कुनै व्यायाम नगरौं ।
– २ सप्ताहसम्म पौडी खेल्नु, बाथटबको प्रयोग गर्नुहुँदैन ।
– २ सप्ताहसम्म गह्रौ सामाग्री उठाउन हुन्न ।
– ३-४ सप्ताहसम्म शारीरिक सम्बन्ध बनाउनु हुन्न । यसपछि पनि तपाईं शारीरिक र भावनात्मक रुपले ठिक नभएसम्म यौन सम्बन्ध बनाउनु ठिक हुँदैन ।
– गर्भपतनको दुई सप्तापछि तपाईं गर्भवती हुनसक्नुहुन्छ, त्यसैले गर्भनिरोधको अर्को उपाय अपनाउनुहोस्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
