पुरुषमा पनि हुन्छ स्तन क्यान्सर, यस्ता देखिन्छन् लक्षण !

काठमाडौँ । स्तन क्यान्सर महिलाको मात्रै समस्या मानिन्छ । तर, निकै कमलाई मात्र थाहा छ कि पुरुषलाई पनि स्तन क्यान्सर हुनसक्छ ।

यद्यपि महिलाको तुलनामा पुरुषमा यो समस्या निकै कम पाइन्छ । पछिल्लो समय पुरुषको स्तनमा पनि क्यान्सरको समस्या बढेको पाइएको छ ।

Advertisement

पुरुषमा हुने स्तन क्यान्सरलाई लिएर खासै चर्चा भएको पनि पाइँदैन । समयमै ध्यान नदिनाले कैयौं पुरुषलाई अन्तिम अवस्थामा मात्रै जानकारी हुन्छ ।

पुरुषमा स्तन क्यान्सर हुने कारण
केही विषेश कारणले पुरुषमा स्तन क्यान्सर हुन्छ । कुनै पुरुषले आफ्नो छाती नजिक रेडियशन थेरापी गरेको खण्डमा स्तन क्यान्सरको सम्भावना बढ्छ ।

यसबाहेक यदि कुनै परिवारमा स्तन क्यान्सरको समस्या पहिलेदेखि नै छ भने पनि त्यस परिवारका पुरुषलाई स्तन क्यान्सर हुने जोखिम बढी हुन्छ ।

खराब जीवन जिउनु तथा जेनेटिक डिसअर्डरका कारण पनि पुरुषलाई स्तन क्यान्सर हुनसक्छ ।

पुरुषमा स्तन क्यान्सरको लक्षण
पुरुषमा स्तन क्यान्सर अधिकांश ६० वर्षभन्दा माथि उमेरकोमा पाइएको छ । लक्षण थाहा नभएका कारण पुरुषमा गम्भीर स्थिति उत्पन्न भएकोसमेत पाइन्छ ।

कस्ता लक्षण हुन्छन् त पुरुषमा हुने स्तन क्यान्सरका । आउनुहोस् आज हामी यसबारे जानकारी दिदैछौँ ।

छातीमा गाँठो आउने
यदि तपाइँको छातीमा गाँठो बनिरहेको छ भने यसलाई वेवास्ता गर्ने काम नगर्नुहोस् । स्तन क्यान्सरको लक्षण पनि हुनसक्छ ।

यो गाँठो स्तनको निप्पल आसपासमा आउँछ । सामान्यतष यस्ता गाँठोमा दुखाईको महशुस हुँदैन ।

तर, छुँदा भने झन् साह्रो हुँदै जान्छ । जब क्यान्सर बढ्दै जान्छ । त्यसको असर गर्धनसम्म फैलिन्छ । यद्दपि अधिकांश गाँठोमा क्यान्सरको लक्षण हुँदैन ।

तर, पनि गाँठो आएपछि चिकित्सकसँग अवश्य सम्पर्क गर्नुहोस् ।

पिम्पल जस्तै घाउ
स्तन क्यान्सरको ट्यूमर छालाबाट नै निस्किन्छ । यस्तोमा क्यान्सर बढ्नुका साथै निप्पल्समा खुला घाउ देखिनसक्छ ।

यस्तो घाउ एक पिम्पलजस्तै देखिन्छ । यसका साथै छातीको रंग बदल्नुका साथै निप्पल आसपासमा गाँठाहरु आउन थाल्छन् ।

निप्पल भित्र धस्सिँदै जानु
ट्यूमर बढ्नुका साथै स्तन भित्रतर्फ धस्सिँदै जान्छ । यस्तोमा निप्पल्स स्तनको भित्रतर्फ जान शुरु हुन्छ । निप्पल भएको आसपासको छाला पनि रुखो हुँदै जान्छ ।

निप्पल डिस्चार्ज
यदि तपाइँ आफ्नो शर्टमा प्रायः कुनै प्रकारको दाख देखिन्छ भने यसलाई वेवास्ता नगर्नुहोस् । यसले निप्पल डिस्चार्जमा रगत जमाउन थाल्छ । निप्पल आसपासको क्षेत्रको छाला सुनिने गर्दछ ।

More News last news
Loading...