गर्भवती हुनुहुन्छ ? उसोभए खानुहोस् यी खानेकुरा, शिशुका लागि अत्यन्तै आवश्यक हुन्छ

काठमाडौँ । गर्भावस्थामा रहँदा महिलाले आफ्नो तथा शिशुको स्वास्थ्यमा निकै ध्यान दिनुपर्ने हुन्छ । गर्भमा रहेको बच्चाको सहि विकासका लागि महिलाले खानपानमा विशेष ध्यान पुर्‍याउनुपर्ने हुन्छ।

गर्भावस्थामा जंक फुड्स, स्पाइसी आइटम्स आफ्नो तथा गर्भमा रहेको शिशु दुवैको स्वास्थ्यमा हानीकारक हुन्छ।यहाँ गर्भावस्थामा रहँदा महिलाले खानुपर्ने विशेष खानेकुराहरुबारे जानकारी दिइएको छ।

Advertisement

गर्भमा रहेको शिशुका लागि अत्यन्तै आवश्यक हुन्छ यी खानेकुरा

पालक : हरिया सागपात सबैका लागि लाभदायक हुन्छ, अझै बढी गर्भावस्थामा रहेका महिलाको लागि । पालकमा फोलीक एसिड र फोलेट अधिक मात्रामा हुन्छ । साथै यसमा भिटामिन, मिनरल तथा क्याल्शियम समेत हुन्छ । जसले प्री–टर्म लेवरबाट बचाउँछ ।

दुधजन्य उत्पादन : गर्भावस्थाको समयमा बच्चाको विकासका लागि क्याल्सियमको अधिक आवश्यकता पर्दछ । यसका लागि दुधसँगै पनीर, दही, चीज लगायतको सेवन गर्नु लाभदायक हुन्छ।

फाइबरयुक्त खाना : मल्टीग्रेन आटा, ओटमील, ब्राउन राइसमा फाइबर तथा अन्य पोषक तत्व अत्याधिक हुन्छ । यसकारण गर्भावस्थामा महिलाले भोजनमा यसको सेवन गर्नु निकै लाभदायक हुन्छ । यस्ता खानेकुराहरुमा फोलिक एसिड तथा भिटामिन बी, ज्रिक तथा आयन पनि प्रशस्त मात्रामा हुन्छ ।

दाल : राजमा, केराउ, चना, मसुरोको दालको सेवनले गर्भमा रहेको बच्चा स्वस्थ हुन्छ । यस्ता दालमा प्रोटिन, फाइबर, आयन, फोलेट, क्याल्सियम, जिंक लगायतका तत्वहरु हुन्छन् । जुन गर्भावस्थामा निकै नै आवश्यक हुन्छ ।

मेवा : स्वस्थ फ्याटका लाथि गर्भावस्थामा मेवा सेवन गर्नु लाभदायक मानिन्छ । यसमा हुने फ्याटले गर्भमा रहेको बच्चाको मस्तिस्कको विकासमा सहयोग गर्दछ ।

पानी : पानीको सेवनले शरिरभित्रको विकार पदार्थलाई बाहिर ल्याउन मद्दत गर्छ । साथै गर्भाअवस्थामा हुने विभिन्न इन्फेक्सनबाट समेत बचाउँछ । यस बाहेक नरिवल पानी वा सुन्तलाको जुसको सेवनले शरिरमा पानीको अभाव हुन दिँदैन ।

रंगी–चङ्गी फलफूल : खाना बाहेक स्वस्थ स्वास्थ्यका लागि मौसमी फलको पनि आवश्यक पर्छ । यस्ता फलफूलहरुमा भिटामिन, एन्टी–अक्सीडेन्ट्स अत्याधिक हुन्छ । हरियो, पहेंलो, रातो लगायतका विभिन्न रंगहरुको फलफूलको नियमित सेवनले गर्भावस्थामा छालालाई सुन्दर बनाइराख्छ । भिटामिन सी युक्त अमिलो, आँप लगायतका फलहरु पनि सेवन गर्नु लाभदायक हुन्छ।

More News last news
Loading...