डब्ल्यूएचओले भन्यो, बेलायतमा भेटिएको नयाँ कोरोना भाइरस ५० देशसम्म पुग्यो

काठमाडौँ । विश्व स्वास्थ्य संगठनले सबैभन्दा पहिला बेलायतमा भेटिएको कोरोनाभाइरसको नयाँ स्ट्रेन अहिलेसम्म ५० देशमा पुगिसकेको जानकारी दिएको छ।

यस्तै, दक्षिण अफ्रिकामा भेटिएको अर्को भेरियन्ट २० देशमा पुष्टि भइसकेको छ। संगठनले जापानमा भेटेको तेस्रो भेरियन्टको चिन्ता जताउँदै यसले प्रतिरोधी क्षमतामा असर पार्न सक्ने बताएको छ। यसको परीक्षण हुनुपर्ने आवश्यक रहेको बताएको छ।

Advertisement

संगठनका अनुसार कोरोनाभाइरस जति बढी फैलन्छ, त्यो त्यति नै धेरै परिवर्तन हुने सम्भावना छ। ठूलो परिमाणमा यो फैलनुको अर्थ यसको थप भेरियन्ट आउन सक्छ।

यही भाइरस कोरोनाको कारण बन्ने गर्छ। बेलायतमा पहिलो पटक १४ डिसेम्बरमा नयाँ स्ट्रेनको केस सार्वजनिक भएको थियो। यसलाई VOC 202012/01 नाम दिइएको छ।

यसको परक्षणको नतिजाबाट थाहा हुन्छ कि यो हरेक उमेर र लिङ्गका मानिसहरुमा एकै किसिमले फैलने गर्छ।

यद्यपि, कन्ट्याक्ट ट्रेसिङबाट सार्वजनिक भए अनुसार यसको फैलने दर समान्य भाइरसभन्दा बढी छ। यस्तै पहिलो पटक १८ डिसेम्बरमा दक्षिण अफ्रिकामा भेटिएको भेरियन्ट अब २० देशमा पाइएको छ।

‘दुबै भेरियन्टलाई कम गरेर आँकलन गरिएको छ’

डब्ल्यूएचओको साप्ताहिक रिपोर्टमा बताइए अनुसार दक्षिण अफ्रिकामा चलिरहेको सुरुवाती अनुसन्धानबाट यो सम्भव छ कि 501Y.V2 भेरियन्ट पहिलाको तुलनामा थप फैलने किसिमको छ।

यसबाहेक यो नयाँ भेरियन्ट थप गम्भीर बिरामीको कारण बन्न सक्दैन। यद्यपि, नयाँ केसको संख्या तीब्र रुपमा बढ्ने कारण स्वास्थ्य प्रणालीमा दबाब पर्ने गर्छ। डब्ल्यूएचओले दुबै भेरियन्टलाई संसारमा फैलावटको कम गरेर आँकलन गरिएको छ।

More News last news
Loading...