काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राजधानी वासिंटन डिसीमा जनवरी ११ देखि २४ सम्म आपतकालको घोषणा गरेका छन्।
ह्वाइट हाउसका अनुसार राजधानी वासिंगटन डिसीमा २ हप्ताका लागि आपतकाल घोषणा गरिएको हो। ट्रम्पको यो निर्णयले नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको जनवरी २० हुने सपथ समारोह प्रभावित हुने देखिएको छ।
गत हप्ता संसद भवनमा भएको आक्रमणमा राष्ट्रपति ट्रम्पको हात रहेको भन्दै महाअभियोग लगाउने तयारी भैरहेका बेला ट्रम्पले राजधानी वासिंगटन डिसीमा आपतकालको घोषणा गरेका हुन्।
संसदमा डेमोक्रेटिक पार्टीका संसदहरुले उनीमाथि अविश्वासको प्रस्ताव दर्ता गरिसकेका छन्। बुधबार त्यसबारे मतदान हुँदैछ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
