काठमाडौँ । गर्मीमा कागती पानी अत्यन्तै प्रभावकारी मानिन्छ। गर्मीमा यसलाई सर्वतको रुपमा प्रायोग गरिन्छ भने अन्य जुनसुकै समयमा पनि अचार बनाउने काममा बढी प्रयोग गरिन्छ।
सामान्यतय कागती वा कागती पानी खानु स्वास्थ्यको लागि राम्रो मानिन्छ। मोटोपना घटाउन, शरीरमा उर्जा थप्न देखि हरेक किसिमले कागतीको फाईदा धेरै छ। कागती पानी अपच र कब्जियत जस्ता समस्या भएका व्यक्तिहरुलाई अति उपयोगी मानिन्छ।
तर यसको अत्यधिक प्रयोगले स्वास्थ्यमा नकारात्मक असर गर्छ। कागतीमा पाइने केही तत्वले स्वास्थमा जटिलता र दाँतमा समस्या निम्त्याउने गर्छ । कतिपय व्यक्तिहरुले कागती पानी खानु हुँदैन।
१) मुटुका रोगीहरु: कागती पानीमा एसिडको मात्रा धेरै हुन्छ । कागती पानीको धेरै प्रयोग गर्नाले एसिडिटी वढ्ने, मुटुको जलन र एसिड रिफलक्स जस्ता समस्याले सताउने गर्छ।
मुटुका रोगीहरु कागती पानीबाट टाढा बस्नु नै फाइदा हुन्छ। गर्मीको समयमा दिनको तीन चार पटक पनि कागती पानी पिउने गर्छन्। जसले स्वास्थलाई नराम्रो असर गर्छ।
२) अल्सर भएका व्यक्ति: अल्सर भएका व्यक्तिहरुका लागि पनि कागती पानी घातक बन्न सक्छ। त्यसैले यस्ता व्यक्तिले कागती पानी नखानु राम्रो हुन्छ। पेट दुख्ने र पोल्ने समस्याले अल्सरले विकराल रुप समेत लिनसक्छ।
३) दाँतको समस्या भएको व्यक्ति: कागती पानी धेरै पिउनाले दाँतको इनामेल नष्ट भई टुक्रिने, फुट्ने र सेन्ट्रिभेट वढ्न सक्छ।
दाँतको समस्या भएको व्यक्तिहरुले कागती पानी पिउन हुँदैन्। आफ्नो शरीरले खप्नसक्ने जति मात्र कागती पानी पिउन सकिन्छ। पिसाबसँग सम्बन्धित समस्या भएको व्यतिmले कागती पानी पिउन हुँदैन्।
४) डाइबेटिज र पथरीको सर्जरी गरेको व्यक्ति: कागती पानीले छिटो पिसाब लाग्नुको कारण यस खालका समस्याहरुमा प्रभावित पर्छ। डाइबेटिज र पथरीको सर्जरी गरेको व्यक्तिलाई कागती पानी निकै घातक हुन्छ।
५) कफ र पित्तको समस्या भएको व्यक्ति: कागती पानीले कफ र पित्त वढाउँछ। कफ र पित्तको समस्या भएको व्यक्तिले कफ र पित्त वढाउने सम्भावना धेरै हुन्छ।
कागती पानी पिउने बानीले आफ्नै शरीरलाई ठूलो समस्यामा पार्छ। स्वस्थ र व्यस्त रहन अत्यधिक कागती पानी पिउनबाट टाढा रहनुपर्छ।
विशेषज्ञका अनुसार पेट, दाँत, मुटुको समस्या भएको व्यक्तिलाई कागती पानी पिउँदा शारिरीक समस्या उत्पन्न हुन्छ।
कागतीमा पाइने एसिड र मानव शरीरमा पाइने एसिड मिश्रण हुँदा अझै स्वास्थ्य बिग्रने सम्भावना धेरै हुन्छ। त्यसैले माथिका समस्या भएका व्यक्तिहरुले कागती पानी नखानु नै राम्रो मानिन्छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
