अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्ध महाअभियोग लगाउने तयारी

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोगको प्रस्ताव पेश गर्ने तयारी भइरहेको छ।

नवनिर्वाचित राष्ट्रपति जो बाइडनले शपथ ग्रहण गर्न नौ दिन बाँकी रहेको बेला राष्ट्रपति ट्रम्पमाथि महाअभियोग लगाउने तयारी भएको हो।

Advertisement

महाअभियोग प्रस्तावमा दुई सय बढी डेमोक्रेट सांसदहरुले हस्ताक्षर गरेका छन्। सो प्रस्तावमा अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्समा मंगलबार मतदान हुने सक्ने डेमोक्र्याट नेताहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।

महाअभियोग लगाउने तयारी भएपछि रिपब्लिकन उम्मेदवारहरुले ट्रम्पलाई राजीनामा दिन सुझाव दिएका छन्। सभामुख नेन्सी पेलोसीले पनि ट्रम्पविरुद्ध महाअभियोग लगाउन सदनले उचित कारबाही गर्ने बताएकी छन्।

पेलोसीले आइतबार साँझ आफ्ना साथीहरुलाई पठाएको पत्रमा लेखिएको छ, ‘हामी हाम्रो संविधान र लोकतन्त्रको रक्षाका लागि तत्पर छौं। किनकी राष्ट्रपतिबाट यी दुवै खतरामा छन्। हालका राष्ट्रपतिले हाम्रो लोकतन्त्रमा हमला गरेका छन्। त्यसैले कारबाही तत्काल आवश्यक छ।’

सभामुख पेलोसीका अनुसार ट्रम्पलाई अक्षम राष्ट्रपति घोषित गर्नका लागि उपराष्ट्रपति पाइक पेन्सले पूरै मन्त्रिमण्डललाई मनाएपछि २५ औं संशोधन लागू हुनेछ र उनले कार्यवाहक राष्ट्रपतिको रुपमा तुरुन्त पद सम्हाल्ने छन्।

More News last news
Loading...