छातीको दुखाई हृदयघातको संकेत मात्र होइन, हुनसक्छ यस्तो समस्या

काठमाडौँ । छाती दुख्नु भनेको मुटुसँग सम्बन्धित रोगहरु बाहेक अन्य विभिन्न महत्वपूर्ण कारणहरु पनि हुन्छ भन्ने कुरा थाहा छैन। त्यस्ता कुराहरुमा उनीहरु ध्यान दिँदैनन् र समस्या झन् गम्भिर हुँदै जान्छ।

हाम्रो समाजमा हृदयघातको यति धेरै त्रास रहेको छ । मानिसहरुलाई अलिकति मात्र छाति दुख्यो, पोल्यो अथवा अन्य कुनै समस्या देखियो भने तुरुन्त डाक्टरकहाँ गैहाल्छन्।

Advertisement

उनीहरु तुरुन्त ईसीजी र रगतको विभिन्न जाँचहरु गराउन थाल्छन्। तर नतिजा केही पनि निस्कँदैन।

त्यतिले मात्र सन्तोष भएन भने नजिकैको नर्सिंङ होम अथवा अस्पतालमा गएर भर्ना हुन्छन् र त्यहाँ तीन चार दिन बेडमा भर्ना भएपछि मात्र उनीहरुको मनमा सन्तोष हुन्छ।

तपाईंको उपचार गर्ने डाक्टरले तपाईंलाई त्यस्तो केही भएको छैन भन्ने कुरामा ढुक्क भएता पनि तपाईंलाई असन्तोष भैरहेको हुन्छ।

प्रायः मानिसहरुको बानी कस्तो हुन्छ भने जब दिनहुँ बिहान ईसीजी र रगतका विभिन्न जाँचहरु हुन्छ र केही रकम खर्च हुन्छ, तबमात्र आफुलाई वास्तवमा नै केही भएको छैन भन्ने कुरामा सन्तुष्टि प्राप्त गर्छन् । तर, जब त्यसपछि एक पटक औषधि सेवन गर्ने क्रम शुरु हुन्छ, त्यो लगातार चलिरहन्छ।

यस प्रकारका घटनाहरु हाम्रो वरिपरि प्रायः भैरहेका हुन्छन्। यसका कारण हरेक छातीको दुख्ने समस्या भएका मानिसहरु आफुलाई जानी–नजानी नै आफुलाई मुटुको रोगी सम्झन थाल्छन्। जसको असर उनीहरुको दिनचर्यामा पर्न थाल्छ।

उनीहरुको व्यवहारमा दिनदिनै परिवर्तन आउन थाल्छन्। उनीहरुले आफुलाई केही दिनको पाहुना भएको सम्झन थाल्छन् र आफ्नो मृत्यु अचानक केही दिनमा नै भैहाल्छ जस्तो व्यवहार गर्छन्। कोहि-कोहिले त सम्पती कसको नाममा राख्ने जस्ता कुराहरु समेत गम्भिरतापूर्वक सोच्न थाल्छन्।

किन हृदयघातको यस्तो त्रास ?

यसका लागि धेरै हदसम्म सञ्चार माध्यमहरु, विशेष गरेर टेलिभिजन च्यानलहरु जिम्मेवार छन्। जसमा हृदयघात सम्बन्धि धेरै किसिमका कुराहरु देखाइन्छ।

यदि तपाईंले फलानो तेलको प्रयोग गर्नु भएन भने हृदयघात हुने सम्भावना धेरै हुन्छ। आफ्नो बीमा गर्नुहोस्, यदि तपाईंलाई हृदयघात भयो भने तपाईंको परिवार अनाथ हुन्छ आदि जस्ता विज्ञापनहरुका कारण मानिस यसप्रति गम्भिर भएर सोच्न वाध्य हुन्छ।

अर्को एउटा कारण के पनि छ भने हरेक फिजिसियन डाक्टरले आफुलाई हार्ट स्पेशलिस्ट लेख्छन् । प्रायः ठाउँमा ध्यान दिएर हेर्नुभयो भने तपाईंले फिजिसियन एवं हर्ट स्पेशलिस्टको बोर्ड देख्नु हुन्छ।

यसरी हरेक फिजिसियन हार्ट स्पेशलिस्ट भएपछि मुटु सम्बन्धि समस्या हुने बिरामीहरु पनि त्यहि संख्यामा उत्पन्न हुने नै भए।

हृदयघातको शंका कहिले गर्ने ?

यदि तपाईंको उमेर ४० वर्ष अथवा त्यो भन्दा पनि धेरै छ र तपाईं मध्मेह (डाइबिटीज) को शिकार हुनु हुन्छ। तपाईंको धुम्रपान अथवा सुर्तिजन्य पदार्थ सेवन गर्ने बानी छ।

छिट्टो हिंड्दा अथवा भर्‍याङ चढ्दा छातीको बायाँतर्फ दुख्छ अथवा हल्का भारीपनाको महसुस हुन्छ, एकछिन शारीरिक व्यायाम गर्दा पनि स्वाँ–स्वाँ हुन्छ भने मुटु सम्बन्धि रोग लागेको हुन सक्ने सम्भावना हुन सक्छ।

विशेष कुरा के हो भने यदि आराम गर्दा अथवा हिंडेर रोकिएको समयमा छातीको हल्का दुखाई र भारीपना गायब भयो भने मुटु सम्बन्धि रोग लागेको हुन सक्छ। त्यस्तै मुटु दुख्दा बायाँ हात, बायाँ गर्दन र बायाँ गालासम्म दुखाई महसुस हुन्छ।

छाति दुख्ने समस्याबाट मुक्ति पाउनका लागि एउटै उपाय छ। त्यो हो पहिला आफ्नो टीएमटीको जाँच गर्नु पर्छ। यदि परिणाम शंकास्पद भयो भने स्ट्रेस इको (डोब्यूटामप्न एन्ड्यूस्ड स्ट्रेस अर्थात डीआईएसई) गरेर मुटुको बिरामी भएको सन्देह निराकरण गर्नु पर्छ।

पूर्णतया निश्चित हुनका लागि सबैभन्दा उत्तम जाँच मल्टि स्लाइस सिटी कोरोनरी एन्जियोग्राफी गराउनु पर्छ। एन्जियोग्राफीका लागि अस्पतालमा भर्ना हुनु पर्दैन, साथै फिलाबाट तार हाल्नु पनि आवश्यक हुँदैन।

हृदयघातको सम्भावना
यदि तपाईंको उमेर ४० वर्षभन्दा कम छ, वजन पनि सीमा अनुसार नै छ र तपाईं डाइबिटिज र ब्लडप्रेशरको शिकार हुनु हुन्न, त्यसका साथै धुम्रपान, अल्कोहल, सुर्तीजन्य पदार्थ सेवन पनि गर्नु हुन्न भने तपाईंलाई छातीको दुखेर हुने मुटु सम्बन्धि रोगहरु हुने सम्भावना कम हुन्छ।

यदि तपाईंलाई छाती दुख्ने, विशेष गरेर दायाँतिर र सामान्य सास फेर्दा अथवा खोक्दा, हाछ्यूँ गर्दा छाती दुख्छ भने मुटु सम्बन्धि रोग हुने सम्भावना एक सयमा ५ प्रतिशत हुन्छ।

यदि तपाईंलाई गरिष्ठ, पिरो र मसलादार खाना खाएपछि छाती दुख्छ भने मुटु सम्बन्धि रोगको सम्भावना कम हुन्छ। तब हामीले मुटु बाहेक अन्य रोगहरु सम्बन्धि जाँच गराउने बारेमा सोच्नु पर्छ।

मुटु बाहेक अन्य कारण

छाती दुख्ने सबैभन्दा ठुलो कारण छातीको वरपरको छेउ सुन्निनु हो । जब फोक्सोको माथिल्लो सतहमा रहेको झिल्ली सुन्निएको हुन्छ, तब छातीको भित्रि सुन्निएको सतह सास फेर्दा रगडिन्छ।

जसका कारण असह्य पीडा हुन्छ । त्यस्तो अवस्थालाई मेडिकल भाषामा प्ल्यूराइटिस भनिन्छ । यो प्ल्यूराइटिस छातीमा पानी जम्ने शुरुवाती संकेत हो।

प्ल्यूराइटिसको हुनुको प्रायः कारण क्षयरोगको इन्फेक्सन हुनु हो । मानिस छाती दुख्दा दुखाई कम गर्नका लागि पीडा निवारक चक्किहरु सेवन गर्छन् र सही जाँच र उपचारको अभावमा समस्यालाई झन गम्भिर बनाउँछन्।

यदि प्ल्यूराइटिसको समस्यालाई सही समयमा नियन्त्रित गरिएन भने छातीमा फोक्सोको वरपर पानी भरिन्छ। क्षयरोग बाहेक निमोनियाको इन्फेक्सनले पनि त्यस्तो अवस्थालाई उत्पन्न गर्न सक्छ । यस प्रकारको समस्यामा कुनै थोरेसिक सर्जन अर्थात चेस्ट सर्जनको परामर्श लिनु पर्छ।

पीप जम्नाले पनि छाती दुख्छ

हाम्रो देशमा छातीमा पीप जम्नु सामान्य कुरा हो । निमोनिया अथवा अन्य फोक्सोको इन्फेक्सन जब पूर्ण तरिकाले नियन्त्रित हुन सक्दैन, तब फोक्सोको चारैतिर विशेषतः तल्लो भागमा इन्फेक्सनको रुपमा पिप र पानी जम्मा हुन्छ।

त्यसप्रकारको पीपको मात्रा कम त हुन्छ तर महिनाभरी सेवन गरिएको एन्टिबायोटिकको असर रहिरहन्छ । छातीमा पिप जम्नु छाती दुख्नुको मुख्य कारण हो।

त्यसबाट छुटकारा पाउनका लागि कुनै थोरेसिक सर्जनसंग अपरेशन गरेर छातीमा जमेको पीप निकालेपछि मात्र त्यस समस्याबाट छुटकारा प्राप्त हुन्छ।

करङ कमजोर हुनु

हिजो-आज प्रायः नव युवक-युवतीहरुमा छाती दुख्ने समस्या धेरै देखिन्छ । विशेष गरेर खोक्दा र हाछ्यूँ गर्दा छाती धेरै दुख्छ। यदि कंरङमा झट्का लाग्यो भने मरेतुल्य भएर दुख्छ। त्यस्ता व्यक्तिहरु, जसले दुधको सेवन नियमित गर्दैनन् अथवा गर्दै गर्दैनन, त्यस्ता व्यक्तिहरु यो रोगको शिकार हुन्छन्।

हिजोआज रगतमा भिटामिन डीको मात्रामा कमी भएका कारण करंङको रोग अथवा छाती दुख्ने समस्या हुन्छ। यदि तपाइर्ंले प्रोटीनयुक्त सन्तुलित भोजन र भिटामिनहरुले भरिपूर्ण सलाद, फलफुल र आधा लिटर दुधको सेवन प्रतिदिन गर्नु भयो भने करंङसंग सम्बन्धित समस्याहरुबाट बच्न सक्नु हुन्छ।

कोहि मानिसहरुलाई चिसो खाद्य पदार्थहरु जस्तै कढी, रायता, आइसक्रीम र दहीवाढाको सेवन गर्दा छाती दुख्छ। त्यसो हुनुको कारण छातीका मांसपेशीहरु चिसो कुराप्रति अत्यधिक संवेदनशील भएर हो।

त्यस्ता मानिसहरुले चिसा कुराहरुको सेवन नियमित रुपमा गर्नु हुँदैन । त्यस्ता मानिसहरुले प्रायः तातो खानेकुराहरु सेवन गर्नु पर्छ ।

खाना निल्ने नली सुन्निनु

हामी प्रायः तारेको खानेकुराहरु जस्तै पकौडा, समोसा, दालमोठ र ती कुराहरुसंगै अचार धेरै खान्छौं । त्यस्ता खानेकुराहरुले आन्द्रामा सुजन र अल्सरका समस्या हुन्छ।

छातीभित्र रहेका खानाका नली (ईसाफेगस) सुन्निएपछि मुटु सम्बन्धि समस्याहरु हुने अथवा हृदयघात हुने सम्भावना हुन्छ । त्यस प्रकारका समस्या भएका मानिसहरुले केही खाएपछि छातीको बीचमा भारीपन, दबाव र पीडा महसुस हुन्छ।

अत्यधिक मदिराको सेवनल पनि आन्द्रा सुन्निन्छ। त्यस प्रकारका कुराहरुलाई सामान्य भाषामा ग्यासको संज्ञा दिइन्छ। कहिलेकाहिं छातीभित्र भएको खानाको नलीको क्यान्सर पनि छाती दुखाइको कारण हुन्छ।

समझदारीको कुरा

यी सबै कुराहरु बुझेपछि छाती दुखाईलाई हृदयघात सम्झने गल्ति गर्नु हुँदैन। यदि शंका हटाउनु पर्‍यो भने सल्लाह दिए अनुसारको जाँच गर्नु पर्छ। अन्यथा अञ्जानमा सम्भावित हृदयघातको डरका कारणले तपाईंको कार्यक्षमता र आत्मविश्वासमा नराम्रो असर पर्छ।

त्यसैले यदि हृदयघातको शंका लाग्यो भने यस सम्बन्धित जाँचहरु गरेर निश्चित हुनु पर्छ। यसको साथै कुनै विशेषज्ञ चिकित्सकसंग परामर्श लिएर छाती दुखाईको कारणहरुको निदान खोल्ने कोशिश गर्नु पर्छ। त्यसो गरेपछि मात्र तपाईं मानसिक र शारीरिक रुपले स्वस्थ रहन सक्नु हुन्छ।

More News last news
Loading...