कालिञ्चोक भगवतीको दर्शन गर्न गएकी महिलाको मृत्यु

दोलखा । कालिञ्चोक भगवती मन्दिरमा दर्शनका लागि आएकी एक महिलाको मृत्यु भएको छ।

दोलखाको प्रसिद्ध धार्मिकस्थल कालिञ्चोकमा दर्शन गर्न आएकी मकवानपुर जिल्ला फापरबारीकी ३३ वर्षीया सम्झना रोका मगरको शनिवार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।

Advertisement

दर्शन गर्न कालिञ्चोकको कुरीबजार पुगेको र सामान्य बिरामी भई मन्दिर जान नसकी कुरीस्थित संगीता होटलमा आराम गरी बसेको बेला एक्कासी बेहोस भएपश्चात उपचारका लागि चरिकोट ल्याइएको थियो।

बेहोस भई बिहान १०ः३० बजे चरिकोट ल्याइएको रोका मगरको ११ः३० बजे चरिकोट अस्पतालमा मृत्यु भएको बताइएको छ।

शव चरिकोट अस्पतालमा राखिएको र थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक अञ्जन कोइरालाले बताए।

More News last news
Loading...