काठमाडौँ । शक्तिशाली शब्द सुन्ने बित्तिकै धारणा युद्ध कै आउँछ। रणक्षेत्रमा जो अपराजित रहन सक्छ, त्यही हुन्छ सबैभन्दा शक्तिशाली।
यो परम्परागत अवधारणा हो। तर २१ औं शताब्दीको चेतनशील मानिस परम्परागत अवधारणाबाट मुक्त हुँदै गई रहेको स्वीकार गर्नमा शायदै कसैलाई आपत्ति होला ।
यसको उदाहारणका रूपमा उपरोक्त शीर्षकलाई नै लिन सकिन्छ। शीर्षक पढ़ने बित्तिकै अधिकांश पाठकका मनमा युद्ध क्षेत्र एवं सामरिक शक्तिको ख्याल आउनुको सट्टा आर्थिक विषयक विचार आयो होला। मानवीय जीवनका कुनै अन्य क्षेत्रमा जापान सर्वाधिक शक्तिशाली बनेको विचार आयो होला।
तपाईंहरुको सोच एकदमै दुरुस्त छ जापान सामरिक हिसाब र दृष्टिकोणले होइन, एउटा अन्य कारणले संसारको सबैभन्दा शक्तिशाली देश बनेको हो।
जापानको पासपोर्ट संसारको सबैभन्दा बलियो पासपोर्ट बनेको छ। बलियो पासपोर्टको अर्थ के हो भने जापानको पासपोर्ट बोकेका मानिस बिना अग्रिम भीसा संसारका सर्वाधिक देश जान सक्छन्।
यस मामिलामा विश्वका सर्वाधिक आय भएका देश, विश्वका अग्रणी इकोनॉमी भएका अमेरिका र चीन पनि जापान भन्दा धेरै पछाडि छन्।
पासपोर्टको ग्लोबल र्याङ्किङमा जापानको पासपोर्ट नम्बर १ भएको छ। हेनली एण्ड पार्टनर्सु ले प्रकाशित गरेको वर्ष २०२१ को पासपोर्ट इण्डेक्स ग्लोबल र्याङ्किङमा जापान १ नम्बरमा पुग्न सफल भएको छ।
सूचीमा शीर्ष १० स्थान
१) जापान–१९१ देश
२) सिंगापुर– १९० देश
३) जर्मनी, दक्षिण कोरिया– १८९ देश
४) फिनल्याण्ड, इटली, लग्जमबर्ग, स्पेन –१८८ देश
५) ऑस्ट्रिया, डेनमार्क – १८७ देश
६) फ्रान्स, आयरल्याण्ड, नीदरल्याण्ड, पुर्तगाल, स्वीडेन – १८६
७) बेल्जियम, न्यूजील्याण्ड, नार्वे, स्विटजरल्याण्ड, यूनाइटेड किंगडम, यूनाइटेड स्टेट – १८५ देश
८) ऑस्ट्रेलिया, चेक रिपब्लिक, ग्रीस, माल्टा –१८४ देश
९) क्यानडा – १८३ देश
१०) हङ्गेरी – १८२ देश
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
