ट्रम्पका समर्थकद्वारा अमेरिकी संसद भवनमा आक्रमण, महिलाको मृत्यु, वासिङ्टनमा कर्फ्यू

काठमाडौँ । अमेरिकामा क्यापिटल बिल्डिङमा डोनल्ड ट्रम्पका समर्थकले गरेको हिंस्रक गतिविधिपश्चात् वासिङ्टन डिसीमा कर्फ्यू लगाइएको छ। कर्फ्यू बुधबार बेलुका ६ बजेदेखि बिहिबार बिहानसम्म लागू गरिएको छ।

यद्यपि, अब क्यापिटल बिल्डिङ सुरक्षित छ। अमेरिकी अधिकारीले यसको घोषणा गरेका हुन्। क्यापिटल भवन, संयुक्त राज्यको संसद भवन हो।

Advertisement

क्यापिटलभित्र उपस्थित संवाददाताका अनुसार जब सुरक्षाबलका प्रमुखले यसबारे जानकारी दिए तब सांसदले ताली बजाएका थिए।

डोनल्ड ट्रम्पका समर्थकले बुधबार क्यापिटल बिल्डिङमा प्रवेश गरेर हिंसा सुरु गरिदिए। यो हंगामा त्यतिबेला भयो जब अमेरिकी कांग्रेसमा इलेक्टोरल कलेजको विषयमा बहस चलिरहेको तियो। यहाँ जो बाइडेनको चुनावी जीतको पुष्टि गरिने कार्यक्रम पनि थियो।

सदनमा चलिरहेको बहसका बेला अचानक डोनल्ड ट्रम्पका समर्थक क्यापिटल बिल्डिङभित्र पुगे। यसका कारण बहस बीचमा नै रोक्नुपर्यो।

डोनल्ड ट्रम्पका समर्थकले चुनाव रद्द गर्ने माग गर्दै प्रदर्शन गरिरहेका थिए। यतिबेला केही प्रदर्शनकारी र प्रहरीबीच हिंस्रक झडप भयो। स्थिती अनियन्त्रित भएपछि नेशनल गार्डलाई क्यापिटल पठाइयो।

रिपोर्टका अनुसार क्यापिटल बिल्डिङमा एक आगो निभाउने यन्त्र बिस्फोट भएको छ भने एक महिलालाई गोली लागेको छ।

बीबीसीले ती महिलाबारे कुनै जानकारी नभएको बताएपनि द वासिङ्टन पोस्ट र सीएनएनले भने उनको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको बताएका छन्।

जो बाइडेनले भने, ‘यो विद्रोह हो’

अमेरिकाका निर्वाचित राष्ट्रपति जो बाइडेनले विलमिंगटन, डेलावेयरबाट देशलाई सम्बोधन गरे र ट्रम्प समर्थकलाई भीडबाट पछि हट्न र लोकतन्त्रको कामलाई अघि बढ्न दिन आह्वान गरे।

उनले भने, ‘यो कुनै विरोध होइन। यो एउटा विद्रोह हो। डोनल्ड ट्रम्प अघि बढ्नुहोस् र टिभीमा गएर यो घेराबन्दीलाई समाप्त गर्न माग गर्नुहोस्। अति नै भयो।’

सम्बोधनपछि जो बाइडेनले ट्वीट गर्दै डोनल्ड ट्रम्पलाई आफ्ना समर्थकलाई हट्न अपिल गरिदिन माग गरे।

More News last news
Loading...