एजेन्सी । साउदी अरबमा महिलासँग जोडिएका कानूनहरु खुकुलो हुँदै गएका छन्।
इस्लामिक मुलुक भनेर चिनिने साउदी अरबमा महिलाका लागि यसअघि देखिनै निकै कडा कानूनको पालना गर्नुपर्ने नियम छ। उक्त मुलुकमा भर्खरै एउटा महत्वपूर्ण कानून खुकुलो बनाइएको छ।
त्यो के भने महिलाहरुले अब आफ्नो नाम परिवर्तन गर्ने अधिकार आफैंमा निहित हुने भएको छ।
महिलाहरुले आफ्ना आमाबुबाको स्वीकृति बिनै नाम परिवर्तन गर्न पाउने भएका छन्। यसअघि महिलाको नाम परिवर्तन गर्न परिवारको अनुमति अनिवार्य थियो।
आइतबार साउदी अरबको गृहमन्त्रालयले यसबारेमा जानकारी दिएको छ । जारी गरिएको नयाँ कानून अन्तर्गत अब महिला वा पुरुष जो सुकैले आफुसँग सम्बन्धित डाटा स्वत परिवर्तन गर्न सक्नेछन्।
सुरु सुरुमा केवल पुरुषहरुलाई मात्र घरका अभिभावकहरुको अनुमति बिना त्यो गर्ने अधिकार थियो।
यसअघि सन् २०१८ मा साउदीमा महिलाहरुले चालक बन्न पाउने अधिकार प्राप्त गरेका थिए। साथै त्यसअघि पहिलोपटक महिलाहरुलाई पुरुष अभिभावकहरुविना एक्लै घुम्न अनुमति दिइएको थियो। साउदी अरेबियाका क्राउन प्रिन्स मोहम्मद बिन सलमानले भिजन २०३० को सुरुवात गरेका छन्।
यस अन्तर्गत साउदी अरेबियाको तेलमा निर्भरता कम गर्ने प्रयास भैरहेको छ । साउदीले अब तेल अर्थव्यवस्थाको ट्याग हटाउन विश्वव्यापी पर्यटकहरुको लागि आफ्नो ढोका खोल्ने तयारी गरिरहेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
