काठमाडौं । चीनको बुहानबाट शुरु भएको कोरोना भाइरले यति बेला विश्व भ्रमण गरिसकेको छ । सबैको दैनिकी उथलपुथल बनाएको कोरोना भाइरसले विश्व आक्रान्त बनेको छ।
असामान्य ढंगबाट जेनतेन चलिरहेको मानिसको जिवनमा कोरोनाविरुद्धको खोप बनेसँगै केही आशा पलाएको थियो ।
अब त दैनिकी सामान्य बन्ला भन्ने लगोको थियो तर सुरुवातमा कोरोनाले जसरी आतंक फैलाएको थियो फेरि त्यहि अवस्था दोहोरिन लागेको छ ।
इबोला भाइरस पत्ता लगाउने डा.जीन जैक्स मुएंब तामफमले नयाँ आएको ‘डिजीज एक्स’ भाइरस अझ धेरै घातक भएको बताएका छन् । उनका अनुसार यो भाइरस कोरोनाभन्दा तीव्र गतिमा फैलिन्छ ।
डिजीज एक्सबाट मर्नेको संख्या कोरोनाभन्दा ५० देखि ९० प्रतिशत बढी हुने बताइएको छ । डा.तामफम ले भनेका छन्, ‘आज हामी यस्तो अवस्थामा पुगेका छौँ कि यहाँ नयाँ भाइरस उत्पत्ति भएको छ ।
यो भाइरस मानिसका लागि निकै खतरनाक बन्न सक्छ । यो भाइरस कोरोनाभन्दा खतरनाक हुनुका साथै यसले विश्वमा महामारी अझ धेरै फौलाउने छ ।
वैज्ञानिकहरूका अनुसार रोग एक्स महामारी वर्तमान चरणको परिकल्पना हो। तर यदि यो फैलियो भने यसले विश्वमा ठूलो विनाश निम्त्याउँछ। यसलाई विश्वभर फैलिनबाट बचाउनमा धेरै नै कठिनाइ हुनेछ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
