१५ मिनेटमै अनुहारको चमक बढाउने घरेलु उपाय

काठमाडौँ । सफा, दागरहित तथा चम्किलो अनुहार कसलाई मन पर्दैन होला ? तर, आजको व्यस्तताले भरिएको जिन्दगीमा हामी आफ्नो छालामा पर्याप्त ध्यान दिन पाउँदैनौं।

जसका कारण छाला मृत तथा रुखो देखिन थाल्छ। तनाव, प्रदूषण तथा तनावको सोझो प्रभाव हाम्रा छालामा नै देख्न सकिन्छ। त्यसैले हामीले हाम्रो छालाको चमकलाई बचाउन धेरै कुरामा ध्यान दिनु पर्छ।

Advertisement

महंगा सौन्दर्य प्रशाधनदेखि लिएर उपचारमा समेत थुप्रै पैसा खर्च गर्छौं। यद्यपि, त्यसबाट पनि अपेक्षित फाइदा नपुग्न सक्छ।

यस्तो अवस्थामा यदि तपाईंले घरेलू उपायहरु अपनाउनु भयो भने तपाईंले तुरुन्त त्यसको प्रभाव देख्न पाउने हुनेछ र त्यसका लागि धेरै पैसा खर्च पनि गर्नु पर्दैन।

दूध तथा मह

घरमा नै बनाउन सकिने यो फेस मास्कले न केवल तपाईंको छालालाई रुखो बनाउँछ, यसका साथै त्यसले अतिरिक्त चिल्लोपनालाई समेत हटाउँछ।

त्यसका लागि तपाईंले दूध तथा महको फेस प्याक बनाउनु पर्छ। दूध र महलाई मिसाएर अनुहारमा लगाउनु पर्छ र दश मिनेटसम्म त्यसै छाड्नु पर्छ। त्यसपछि सफा पानी अनुहार हुनुपर्छ।

गुलाव जल र मुल्तानी मिट्टी

तपाईंले मुल्तानी मिट्टीमा गुलाव जल मिसाएर पेस्ट बनाउनु पर्छ। त्यसलाई करिव दश मिनेट सम्म अनुहारमा लगाएर सफा पानीले धुनु पर्छ। उक्त फेस प्याकले तपाईंको छालामा भएको अतिरिक्त तेल हट्छ र तपाईंको छाला फ्रेस देखिन्छ।

कागती, मह र घीउ कुमारी

कागती, मह र घीउ कुमारी छालाको लागि निकै नै फाइदाजनक हुन्छन्। यी तीन चिजहरुलाई मिसाएर पेस्ट बनाउनु पर्छ र आफ्नो अनुहारमा लगाउनु पर्छ। यसले तपाईंको रुखो छालामा चमक ल्याउन सहयोग गर्छ।

मह, बेसार र ओट्स

मह, बेसार र ओट्सलाई मिसाएर पेस्ट बनाउनु पर्छ र अनुहारमा लगाउनु पर्छ। उक्त पेस्ट अनुहारमा सुकेपछि सफा पानीले धुनु पर्छ। यो फेस प्याकले तपाईंको अनुहार केही समयमै चम्किलो मात्र देखिंदैन, फ्रेस र स्वस्थ पनि देखिन्छ।

गोलभेंडा र मह

गोलभेंडाले छालालाई टाइट बनाउने र महले त्यसलाई चम्काउने काम गर्दछ। जब यी दुबै चिजलाई एकै ठाउँमा ल्याएर अनुहारमा लगाइन्छ, त्यसले अनुहारलाई आकर्षक बनाउँछ।

एक चम्चा गोलभेंडाको रसमा एक चम्चा मह मिसाउनु पर्छ। त्यसपछि उक्त पेस्ट अनुहारमा लगाउनु पर्छ। रातभरी त्यत्तिकै राखेर बिहान सफा पानीले धुनु पर्छ। तपाईं आफ्नो अनुहारमा आएको परिवर्तन देखेर आश्चर्य मान्नु हुनेछ।

More News last news
Loading...