काठमाडौँ । चम्किलो र मुलाय कपालको चाहना सबैको हुन्छ। तर हावाका कारण कपाल रुखो हुनाले सुन्दरता समेत बिगार्ने गर्दछ।
कपालको समस्या धेरैको टाउको दुखाईको विषय बनेको छ। कपाललाई मुलायम बनाउनका लागि विभिन्न केमिकल समेत प्रयोग गर्ने गर्दछौँ। तर यसले कपाललाई नरम बनाउनुको साटो झन रुखो बनाउने गर्दछ।
आज हामी तपाईलाई रुखोपना हटाएर कपाललाई मुलायम र चम्किलो बनाउने उपायका बारेमा जानकारी दिदैछौँ।
कालो चिया
हप्तामा एकपटक कालो चिया बनाएर कपालमा लगाउनुहोस्। यसले कपाललाई नरम र चम्किलो बनाउन सहयोग पुर्याउछ। यसलाई कपालमा लगाएर आधा घण्टा राखेर चिसो पानीले सफा गर्नु पर्दछ।
तीलको तेल
तीलको तेलमा कागतीको रस मिसाएर तालुमा लगाउने र आधा घण्टासम्म राख्ने। त्यसपछि तातो पानीमा तौलिया भिजाएर कपालमा मोड्ने र आधा घण्टापछि कपाल धुने।
कोकोनट पाउडर
दहीमा मह, भिनेगर, कोकोनट पाउडर मिसाएर तालुमा लगाएर क्याप लगाउने। केही समयपछि कपाल पखाल्ने।
चिनी पानी
कपाल झर्ने समस्या भए पानीमा एक चम्चा चिनी मिसाएर कपालमा स्प्रे गरे जसरी लगाउने। सुकेपछि पानीले पखाल्ने।
दूध
एउटा कचौरामा काँचो दूध लिने र कपासको सहायताले कपालको जरामा लगाएर १ घण्टा पछि धुने।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
