काठमाडौँ । तालिवान र अफगान सरकारबीच अर्को चरणको शान्तिवार्ता आउँदो जनवरी ६ तारिखमा हुने भएको छ।
अर्को चरणको वार्ता पनि कतारमै हुने राष्ट्रपति असरफ घानीले बताएका हुन् । राष्ट्रपति असरफ घानीले कतारको दोहामा भएको पहिलो चरणको वार्तापछि स्वदेशमै वार्ताका लागि वातावरण बनाइने बताइरहे पनि तालिवान समूहले सुरक्षाको कारण देखाउँदै अफगानिस्तानमा फर्किन नमानेको समाचार संस्था एएफपीले जनाएको छ।
तालिवान समूह र सरकारबीच दोहाको एक होटेलमा सेप्टेम्बर १२ मा पहिलो चरणको वार्ता सुरू भएको थियो तर वार्ता जनवरी ५ सम्मका लागि स्थगित भएको छ ।
वार्तामा मध्यस्थता गर्ने बताएका केही देशले कोरोना महामारीको कारणले आफ्नो प्रस्तावलाई अघि बढाउन ढिला भइरहेका समय वार्ताको नयाँ स्थान र मिति तय भएको छ ।
दुवै पक्षका वार्ताकारहरूले महिनौंदेखिको वार्ताले कुनै औचित्यपूर्ण परिणाम दिन नसकेपछि बैठकलाई डिसेम्बरमा केही समयका लागि भन्दै स्थगित गरेका थिए ।
छलफल र धार्मिक व्याख्याको आधारभूत ढाँचामा दुई समूहबीचको विवाद समाधानतिर जान नसकेपछि वार्ता अवरुद्ध बनेको थियो ।
शान्तिवार्ताले तालिवान र वासिङ्टनबीच गएको वर्षको फेब्रुअरीमा हस्ताक्षर गरेको महत्त्वपूर्ण अमेरिकी सेना फिर्तासम्बन्धी सम्झौता पछ्याउनेछ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
