काठमाडौँ । भारतीय कांग्रेसको महासचिव प्रियंका गान्धीसहित कांग्रेस नेताहरु गिरफ्तार भएका छन्।
भारतमा नयाँ कृषि कानूनलाई लिएर किसान र केन्द्र सरकारबीच गतिरोध जारी रहेका बेला काँग्रेस नेताको गिरफ्ता गरिएको हो।
विपक्षी दल काँग्रेसले यही मुद्दालाई लिएर सरकारलाई घेर्ने योजना बनाइरहेका बेला महासचिवसहितका नेतालाई गरिफ्तार गरिएको हो।
राहुल गान्धीको नेतृत्वमा काँग्रेस नेताहरुले कृषि कानूनहरुविरुद्ध २ करोड व्यक्तिको हस्ताक्षर संकलन गरी राष्ट्रपतिलाई बुझाउन लागेका बेला नेताहरुलाई गिरफ्तार गरिएको हो।
राष्ट्रपतिलाई भेट्न तीन जनालाई मात्र जान दिने भारतीय प्रहरीको अनुमतिपछि गान्धीसहितका नेताले मार्चपास निकालेका थिए। मार्चपासमा सहभागीलाई प्रहरीले गिरफ्तार गरेको हो।
कांग्रेस नेताहरुलाई राष्ट्रपति भवनसम्म मार्च गर्ने अनुमति नदिएको र तीनजनालाई मात्र राष्ट्रपतिलाई भेट्ने अनुमित दिएको दिल्ली पुसिलका सहायक डिसीपी दीपक यादवले बताए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
