कोरोनाको मृत्युदरमा फेरि नयाँ रेकर्ड, २४ घण्टामा १३ हजार बढीको मृत्यु

काठमाडौँ । दोस्रो लहरको संक्रमणले तीब्र हुँदा मृतक संख्यामा फेरि नयाँ रेकर्ड कायम भएको छ।

बिहीबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा  १३ हजार १५९ संक्रमितको मृत्यु भएको छ । एकै दिन मृत्यु भएका संक्रमितको यो संख्या अहिलेसम्मकै उच्च हो।

Advertisement

यसअघि एकैदिन १३ हजार संक्रमितको मृत्यु भएको थिएन। चीनको वुहानबाट सुरू भएको संक्रमण हालसम्म विश्वका २१८ मुलुकमा फैलिएको छ।

यो समाचार तयार पार्दासम्म विश्वभर १६ लाख ५४ हजार ६२ जनाको मृत्यु भएको छ।

दोस्रो लहरको संक्रमण उच्च भएको युरोपमा मात्रै पछिल्लो २४ घण्टामा ५ हजार ६५६ जनाको मृत्यु भएको छ।

युरोपेली मुलुकमा कोरोनाले सबैभन्दा धेरै इटालीमा ६६ हजार ५३७ संक्रमितको मृत्यु भएको छ । यस्तै बेलायतमा ६५ हजार ५२० संक्रमितको मृत्यु भएको छ।

More News last news
Loading...