हरिहर शर्मा र गीता अधिकारीको जीवन्त अभियन रहेको स्वरुपको नयाँ गीत बजारमा (भिडियो)

काठमाडौँ । वरिष्ठ कलाकार हरिहर शर्मा र गीता अधिकारीको जीवन्त अभिनय रहेको नयाँ गीत (ए अधुरो जीवन) बजारमा आएको छ ।

गीतकार सियरा आचार्यको शब्द, बिपिन घिमिरेको सङ्गीत रहेको गीतमा पछिल्लो पुस्ताका सर्वप्रिय गायक स्वरुपराज आचार्यले स्वर भरेका छन् ।

Advertisement

अभिनेता हरिहर शर्मा र गीता अधिकारीको जीवन्त अभिनय रहेको गीतको म्युजिक भिडियो मुकेश हुमगाईको छायांकन गरेका हुन् भने निर्देशक बिनोद बमले निर्देशन र सम्पादन गरेका छन् ।

लामो समयदेखि म्युजिक भिडियो र चलचित्र सम्पादनमा भिजेर अब्बल मानिएका बम पछिल्लो समय निर्देशनमा पनि व्यस्त छन् । उनका थोरै तर ओजनदार भिडियोहरु बजारमा आइरहँदा कलाकार शर्मा र अधिकारीको जीवन्त अभिनय रहेको (ए अधुरो जीवन) म्युजिक भिडियोले पनि दर्शकहरुको मन जित्न सक्ने उनको आशा छ ।

बुधबार साँझ सार्बजनिक भएको भिडियो किरण क्रियशनको यूट्युब च्यानलमा हेर्न सकिन्छ।

यस्तो छ गीतको म्युजिक भिडियो

More News last news
Loading...