अमेरिकामा १०० दिनभित्र १० करोड भ्याक्सिन उपलब्ध गराउने बाइडेनको बाचा

काठमाडौँ । अमेरिकाका नव निर्वाचित जो बाइडेनले आफूले कार्यकाल सम्हालेको सय दिनभित्र कोभिडको १० करोड भ्याक्सिन उपलब्ध गराउने उद्देश्य लिएका छन्।

आफ्नो कार्यकालको केही महिनासम्म कोरोनाको महामारी अन्त्य नहुने बताउँदै कोभिड–१९ को कोर्समा भने परिवर्तन ल्याउने बताएका छन्।

Advertisement

जनवरी २० मा राष्ट्रपति पदमा आसिन भएपछि आफ्नो साथमा हुने मेडिकल टिमको परिचय दिँदै उनले अमेरिकीलाई सय दिनसम्म मास्क लगाउन आग्रह गरे।

गत बुधबार फाइजर÷बायोएनटेक भ्याक्सिनलाई प्रयोगका लागि अनुमति दिइएको थियो।

अमेरिकामा हालसम्म १ करोड ५५ लाख संक्रमित रहेका छन् भने २ लाख ९३ हजारको मृत्यु भइसकेको वर्ल्डोमिटर्सको आँकडाले बताएको छ।

बाइडेनले के भने ?

राष्ट्रपति पदमा निर्वाचित बाइडेन डेलावेरमा आयोजित एक पत्रकार सम्मेलनमा भाग लिएका थिए।

त्यतिबेला उनले क्यालिफोर्नियाका महाधिवक्ता जेभियर बेकेरालाई आफ्नो हेल्थ सेक्रेटरीमा नियुक्त गरे भने रचेल वालेन्स्कीलाई सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी) को प्रमुखको रुपमा परिचय दिए।

उनले भने, ‘मेरो पहिलो १०० दिनमा कोभिड–१९ अन्त्य हुँदैन। म यस्तो बचन दिन सक्दिनँ। हामी यो महामारीबाट छिट्टै बाहिर निस्कन सक्दैनौं।’

उनले भने, ‘हामीले पहिलो सय दिनमा महामारीको कोर्स भने परिवर्तन गर्न सक्छौं र अमेरिकाको जीवनमा केही सकारात्म परिवर्तन ल्याउन सक्छौं ।’ बीबीसी

More News last news
Loading...