काठमाडौँ । पब्लिक स्पीकर नेपाल २ बिजेता एवम् गायक रमेश प्रसाईले विहे गरेका छन्। रमेशले कालीकोटकी समाजसेवी नन्दा सिंहसँग लगन गाँठो कसेका हुन्। ३ वर्षको प्रेम सम्बन्धलाई रमेश र नन्दाले बिहेमा परिणत गरेका हुन्।
रमेशका साथी जीवन तामाङले पनि जुनु तामाङसँग बिहे गरेका छन्। रमेश र जीवन सँगै बस्दै आएका छन्। उनीहरुले एकै मण्डपमा एकै दिन धरानमा बिहे गरेका हुन्। पछिल्लो समय रमेश ‘रिंकेबुङको राँगो’बोलको गीतका कारणले चर्चामा रहेका छन्।
नन्दा भने समाजसेवामा छिन् । उनले काठमाडौंमा बालआश्रम चलाइरहेकी छन् । नन्दा र रमेशबीच ३ बर्षदेखि गहिरो प्रेम सम्बन्ध रहेको छ । ३ बर्ष अगाडि नन्दालाई रमेशले प्रेम प्रस्ताव राखेका थिए ।
३ बर्ष अगाडि इन्द्रेणी कार्यक्रममा भेट भएपछि उनीहरु नजिक भएका थिए। रमेशले बिबाहको प्रस्ताव राखेका थिए । नन्दा र रमेशको बिहे धरानबाट भएको हो। उक्त विवाह समारोहमा लोकगायिका कल्पना दाहाल पनि पुगेकी छिन्। उनले विवाहमै गीत गाएर निकै रमाइउलो गरेको भिडियो पनि देख्न सकिन्छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
