चीनको कोइलाखानीमा विषालु ग्यास चुहिँदा कम्तीमा १८ जना मजदुरको ज्यान गयो

काठमाडौँ । चीनको दक्षिण पश्चिममा रहेको एउटा कोइलाखानीमा विषालु ग्यास चुहिँदा कम्तीमा १८ जना मजदुरको ज्यान गएको छ।

खानीमा काम गर्ने पाँच जना मजदुर हराइरहेका र एक जनाको जीवितै उद्धार गरिएको खबरमा उल्लेख छ।

Advertisement

चुङ्चिङमा रहेको कोइलाखानीमा कार्बन मनोक्साइड चुहिएको र घटनाको छानबिन सुरु भइसकेको छ। कामदारहरूले भूमिगत उपकरण फुकाल्न खोज्दा ग्यास चुहिएको अनुमान गरिएको छ। कोइलाखानी खानी दुई महिनादेखि बन्द थियो।

गएको सेप्टेम्बर महिनामा चुङ्चिङमा रहेको अर्को खानीमा आगो लाग्दा १६ जनाको ज्यान गएको थियो। अघिल्लो वर्ष डिसेम्बरमा पनि ग्वेजो प्रान्तमा रहेको कोइलाखानीमा विस्फोट हुँदा १४ जनाको ज्यान गएको थियो।

More News last news
Loading...