काठमाडौँ । जापानले सन् २०३० पछि पेट्रोलियम पदार्थबाट चल्ने कारको बिक्री बन्द गर्ने तयारी गरेको छ।
सन् २०५० सम्ममा कार्बन तटस्थताको आफ्नो लक्ष्य पूरा गर्ने उद्देश्यले सन् २०३० को मध्यपछि पेट्रोलियम पदार्थको बिक्री बन्दको योजना बनाएको हो।
जापानी संचारमाध्यमहरुका अनुसार अर्को साताभित्रै जापानले नयाँ नीति सार्वजनिक गर्न लागेको छ।
जापानी अखबार माइनिची शिमबुनले प्रकाशन गरेको समाचारमा जापानले विद्युतीय र हाइब्रिड सवारी साधनको बिक्रीलाई पहिलो प्राथमिकतामा राखेको जनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
