इरानका परमाणु वैज्ञानिक फखरीजादेहको हत्या

काठमाडौँ । इरानका परमाणु वैज्ञानिक मोहसिन फखरीजादेहको हत्या भएको छ।

फखरीजादेहको राजधानी तेहरान नजिकैको सहर अबसार्डमा हत्या भएको इरानको रक्षा मन्त्रालयले पुष्टि गरेको हो।

Advertisement

परमाणु वैज्ञानिकको कारमा बम हमला गरी हत्या गरिएको खबरमा उल्लेख छ। बम हमलापछि घाइते भएका उनलाई उपचारका लागि स्थानीय अस्पतालमा लगिएको थियो।

इरानका विदेश मन्त्री मोहम्मद जरीफले फखरीजादेशको हत्याको निन्दा गर्दै प्रायोजित रुपमा हत्या भएको प्रतिक्रिया दिएका छन् ।

इरानको परमाणु हतियार कार्यक्रममा फखरीजादेह शीर्ष नेतृत्वकर्ता मानिन्छन् । इरानले उनको हत्यामा इजरायलको संलग्नता रहेको आरोप लगाएको छ । यस विषयमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले अहिलेसम्म आरोपबारे कुनै प्रतिक्रिया दिएको छैन ।

More News last news
Loading...