काठमाडौँ । भारत–पाकिस्तानको सीमामा फायरिङ हुँदा दुई सैनिकको ज्यान गएको छ।
शुक्रवार जम्मू-कश्मिरको रजौरी जिल्लामा भएको गोलीबारीमा दुई भारतीय सेनाको निधन भएको हो।
सेनाका जवान नायक प्रेम बहादुर खत्री र राइफलम्यान सुखबीर सिंहको निधन भएको हो।
अनुसार शुक्रबार बिहान जम्मू कश्मीरको रजौरी क्षेत्रमा ‘आतंकवादी’ले सेनाको टोलीमाथि आक्रमण गरेका थिए। सो घटनामा गम्भीर घाइते भएका खत्रीको अस्पतालमा निधन भएको हो।
यता मृतक खत्री दाङका रहेको बताइएको छ। उनी १४ वर्षदेखि भारतीय सेनामा कार्यरत रहेको जनाइएको छ। भारत र पाकिस्तानबीच लगातार गोलीबारी भइरहने जम्मू कश्मीरमा नेपाली युवाहरुले ज्यान गुमाउँदै आएका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
