कहाँ र कसरी छापिन्छ नयाँ नोट (पैसा) ? हेर्नुहोस् भिडियो

काठमाडौँ । एकछिन गम्भिर भएर सोच्नुहोस त, साँच्चै हामीले प्रयोग गर्ने नोट (पैसा) कहाँ र कसरी छापिन्छ होला ? अनि हामीले महङ्गा महङ्गा बस्तु खरिद गर्नका लागी चाहिने पैसा बनाउनका लागी चाँही कति खर्च हुन्छ होला ? र हेर्दा कागज जस्तो देखिने एक विषेश कागज चाँही किन त्यति महत्वपुर्ण भएको होला ? आज हामी नेपाली पैसा कहाँ र कसरी छापिन्छ भन्ने बारेमा एक सामाग्री प्रस्तुत गर्दैछौँ।

हेर्नुहोस् भिडियो :

Advertisement

नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ को दफा ५२ अनुसार नोट निष्काशन गर्ने अधिकार नेपाल राष्ट्र बैंकलाई रहेको छ । यसैको उपदफा (४) अनुसार बैंकले आवश्यकताअनुसार विभिन्न दरका नोट निष्काशन गर्न सक्छ ।

नोट निष्काशन गर्दा नोटमा देखिने चित्र, आकार र दर नेपाल सरकारको स्वीकृतिमा र नोटमा नदेखिने चित्र, आन्तरिक सुरक्षाको व्यवस्था, छपाइ गर्ने व्यवस्था समितिले निर्णय गरेबमोजिम हुन्छ ।

नेपाल राष्ट्र बैंकले गरेको अध्ययन प्रतिवेदनको आधारमा आवश्यकताको आधारमा नोट छापिन्छ । त्यसरी छापिने नोटमा ६ अङ्कको नम्बर राखिएको हुन्छ । ६ अङ्कको नम्बर राखी ‘अ १’ बाट नोट छाप्न शुरू गरी ‘अ १००’ सम्म पुर्याइन्छ । यसको आवश्यकताअनुसार ‘क’ देखि ‘ज्ञ’ सम्म नम्बरसमेत राखी नोट छाप्ने काम गरिन्छ ।

नेपाल राष्ट्र बैङ्कमा गभर्नरसहितको विज्ञ सम्मिलित नोट डिजाइन समिति रहेको हुन्छ । नोट डिजाइन गरी राष्ट्र बैङ्कको बोर्डबाट स्वीकृति गराएपछि मन्त्रिपरिषद्मा पेश गरिन्छ ।

स्वीकृत भएको नोटमा गभर्नरको हस्ताक्षर स्क्यान गरेर राखी नोट छाप्ने काम गरिन्छ । राष्ट्र बैङ्कले नोट छाप्नुपूर्व ग्लोबल टेण्डर आह्वान गरेर प्राविधिक र आर्थिक पक्ष सबल रहेको कम्पनीलाई नोट छाप्ने कामको जिम्मा दिइन्छ ।

छापिएको नोटको ‘प्रिफेक्स नम्बर’ चलनचल्तीमा ल्याएको सूचना राष्ट्र बैङ्कले जारी गरेपछि मात्र नयाँ नोटको मान्यता हुन्छ ।

समितिको राय लिई नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशन गरी जुनसुकै बैङ्क नोट कुनै तोकिएको ठाउँ वा अड्डाबाहेक अन्यत्र नचल्ने गराउन सक्छ ।

बैङ्कद्वारा कानूनी ग्राह्य बनाई निष्काशन गरिएको नोट नेपालभित्र सबै किसिमको सार्वजनिक तथा व्यक्तिगत ऋण चुक्ता गर्न सर्वस्वीकार्य हुने नेपाल राष्ट्र बैङ्क ऐनको दफा ५३ मा व्यवस्था गरेको छ।

नोटभन्दा बढि लाग्छ नोट बनाउने लागत

अझै अनौठो कुरा के छ भने, एक रुपैयाँको सिक्का छाप्नको लागि डेढ रुपैयाँ भन्दा बढी खर्च हुन्छ । तर यसको तुलनामा दुई रुपैयाँको नोट छाप्न भने केहि सस्तो पर्ने बताईएको छ।

त्यस्तै नोट छाप्दा सानो नोटको भन्दा ठुलो नोटको लागत बढी पर्छ। ठुलो नोटमा ‘सेक्युरिटी फिचर्स’ बढी हुने गरेका कारण यसलाई छाप्नको लागि लागत बढी लाग्ने स्रोतको भनाई छ।

सन् २०१३ पछि राष्ट्र बैंकले सन् २०१६ मा मात्रै नयाँ नोट छापेको थियो। राष्ट्र बैंकका अनुसार, एक हजार रुपैयाँको एउटा नोट छाप्न १ रुपैयाँ ९० पैसा खर्च भएको थियो भने पाँच सयको नोट छाप्न २ रुपैयाँ ९२ पैसा खर्च भएको थियो।

एक सय रुपैयाँको नोट छाप्न २ रुपैयाँ १५ पैसा लागेको थियो भने ५० रुपैयाँको नोट छाप्न १ रुपैयाँ ४८ पैसा खर्च भएको थियो । त्यस्तै, २० रुपैयाँ दरको एउटा नोट छाप्न १ रुपैयाँ ११ पैसा खर्च भएको थियो।

देशमा छापिन्छन् नेपाली नोट

नेपालका नोटहरु चीन, जर्मनी, स्वीडेन, बेलायत, नेदरल्याण्ड, क्यानडा, फ्रान्स, रसिया, इन्डोनेसीया लगायतका मुलुकहरुमा छापिन्छन्।

यद्यपी सबै मुलुकले आफ्नो देशका हरेक स्थानबाट पैसा छाप्ने भने होईन। उनीहरुले आफ्ना देशको एक स्थानको एउटा कम्पनीबाट मात्रै पैसा छाप्ने गर्दछन्।

चीनले चाइना बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पाेरेशनबाट, जर्मनीले जिस्क एण्ड डेभ्रिएनट जिएमबिएच र बन्डेस डर्केरी, स्वीडेनको क्रेन एबि कम्पनि, बेलायतको डिलारु करेन्सी त्यस्तै फ्रान्सको ओबेरथर फिडुकेयर, रसियाको फेडरल स्टेट युनेटरी इन्टरप्राइजेज, इन्डोनेसीयाको पेरुम पेरुरी, नेदरल्याण्डको जोन ईन्सेड बैंक नोट बिभि, क्यानडाको क्यानेडीयन बैंक नोट कम्पनी लिमिटेड बाट नोटहरु छाप्ने काम हुन्छ। नोट छाप्नुपूर्व नेपाल राष्ट्र बैंकले ‘ग्लोबल टेन्डर’ आह्वान गर्दछ।

More News last news
Loading...