काठमाडौँ । मोरङका अलग–अलग स्थानमा भएका दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।
बेलबारी, पथरीशनिश्चरे र उर्लाबारीमा सोमबार साँझ भएका दुर्घटनामा अरू पाँच जना घाइते भएका छन्। तीन जनाको अवस्था गम्भीर छ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बेलबारी नगरपालिका–४ मा दुईवटा मोटरसाइकल साँझ साढे ५ बजेतिर ठोक्किएर दुर्घटना हुँदा बेलबारी–७ का ३७ वर्षीय नवीन पौडेलको मृत्यु भएको प्रहरीले जनाएको छ।
पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश १ –०२–०४२ प ४२१६ नम्बर र विपरीत दिशाबाट आउँदै गरेको को ३९ प ३८०१ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो।
इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालका अनुसार मृतक पौडेल को ३९ प ३८०१ नम्बरको मोटरसाइकलका चालक हुन्।
दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा साँझ ७:१० बजे विराटनगरको न्युरो अस्पतालमा मृत्यु भएको जानकारी ढकालले दिए।
दुर्घटनामा परेर पौडेलले चलाएको मोटरसाइकलको पछाडि बसेका २६ वर्षीय मनोज विष्ट घाइते भएका छन् । हात र खुट्टामा चोट लागेका उनको बेलबारी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटनामा अर्को मोटरसाइकलका चालक सुनसरीको धरान उपमहानगरपालिका–१७ का २० वर्षीय प्रमोद राई र पछाडि सवार २१ वर्षीय विपिन श्रेष्ठ गम्भीर घाइते भएका छन्।
दुवै जनाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको ढकालले बताए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
