नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या दुई लाख नाघ्यो

काठमाडौँ । नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या दुई लाख नाघेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा ३ हजार ४३ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन्। नेपालमा यो सँगै निको हुनेको २ लाख २ हजार ६७ पुगेको हो।

Advertisement

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १६ जनाको मृत्यु भएसँगै हालसम्म मृत्यु हुनेको संख्या १ हजार ३३७ पुगेको छ।

हालसम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख २२ हजार २८८ रहेको छ।

More News last news
Loading...