लन्डन । बेलायतमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ५३ हजार नाघेको छ।
पछिल्लो २४ घन्टामा कोरोना भाइरसको संक्रमणबाट थप ५२९ जनाको मृत्यु भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जानकारी दिएको छ। हिजो मंगलबार ५९८ जना कोरोना संक्रमितको मृत्यु भएको थियो। यो संख्या गत मे पछिकै सबैभन्दा बढी हो।
हालसम्म कोरोनाका कारण बेलायतमा ५३ हजार २७४ जनाको ज्यान गैसकेको सरकारी तथ्याँकमा उल्लेख छ । कोरोनाबाट मृत्यु हुने संख्याको आधारमा बेलायत युरोपियन मुलुकमा अग्र स्थानमा रहेको छ ।
यसैगरी २४ घण्टाभित्र थप १९ हजार ६०९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । योसँगै बेलायतमा कोरोना संक्रमित हुनेको कुल संख्या १४ लाख ३० हजार ३४१ पुगेको छ । कोरोना संक्रमणका कारण हस्पिटल भर्ना हुनेको संख्या र भेन्टिलेटर बेडमा उपचार हुनेको संख्या पनि निरन्तर बढ्दै गैरहेको छ ।
पछिल्लो २४ घन्टामा मात्र एक हजार ५८९ जना कोरोना संक्रमित हस्पिटल भर्ना भएको मन्त्रालयले जनाएको छ । हाल एक हजार ४२० जनालाई उपचारार्थ ‘भेन्टिलेटर बेड’ मा राखिएको छ । हस्पिटलमा उपचार गराइराखेका कोरोना संक्रमितको संख्या १६हजार २७१ पुगेको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
