आज तिहारको चाँथो दिन : गाई, गोरु र गोवर्द्धनको पूजा गरी मनाइँदै

काठमाडौँ । यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गाई, गोरु, कृषक र गोवर्द्धनको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ ।

गाईलाई पवित्र मानी पूजा गर्ने वैद्धिक सनातन कालदेखिको विधि हो। गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई ‘माता’ कै रूपमा सम्मान गरिन्छ ।

Advertisement

स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिइ दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्त्व छ भनी आधुनिक विज्ञानले पनि प्रमाणित गरेको विज्ञले बताउँदै आएका छन्।

गाईको पूजा गरी यस दिन मीठा-मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ।

यस दिन गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपछि गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वाससमेत रहेको छ।

यस्तै यस दिन आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाइ त्यसलाई गोवर्द्धन पर्वत मानी पूजा गर्ने गरिन्छ। यसैगरी वर्षभर जोतिने गोरु एवं अन्य कृषि कर्म गर्ने किसानलाई पनि यस दिन पूजा गरी मीठा–मीठा परिकार खुवाइन्छ।

साथै आज नेवार समुदायले पनि मह पूजा मनाउने नेपाल पचाङ्ग निर्णायक समितिले जनाएको छ।

More News last news
Loading...