काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रक्षामन्त्री मार्क एस्परलाई हटाएका छन्।
चुनाव हारेपछि ट्रम्पले एस्परलाई हटाएका हुन्। ट्रम्पले अन्तरिम रुपमा रक्षामन्त्रीको जिम्मेवारी राष्ट्रिय आतंकवाद नियन्त्रण केन्द्रका निर्देशक क्रिस्टोफर मिलरलाई दिएका छन्।
यसअघि नै रक्षामन्त्रीको राजीनामा या बर्खास्तको अनुमान गरिएको थियो। निर्वाचन सकिना साथ उनको रक्षा मन्त्रालयबाट बहिर्गमनको चर्चा अमेरिकी मिडियाहरुमा भइरहेको थियो।
ट्रम्पका नीतिमा पछिल्लो समय एस्पर असन्तुष्ट रहँदै आएको बताइएको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
