काठमाडौँ । गैर आवासीय नेपाली संघ (एनआरएनले नेपाल सरकारलाई १० हजार एन्टिजेन किट (10,000 ESPLINE SARS-CoV-2 Antigen Test Kit) हस्तान्तरण गर्ने भएको छ ।
नेपालमा कोरोना संक्रमण बढिरहेका बेला गैरआवासीय नेपाली संघले रु एक करोेड २० लाख रुपैयाँ बराबरको १० हजार एन्टिजेन किट सरकारलाई उपलब्ध गराउने भएको एनआरएनएले जनाएको छ।

एनआरएनएका अनुसार भोलि (बिहीबार) उक्त किट नेपाल सरकार, स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरिने छ।
उक्त किटले महामारीको दोस्रो वेब रोक्न सहयोग पुग्ने अपेक्षा एनआरएनएको छ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
