दोहा । कतारको आइओएस प्रमाणित कम्पनी नासर अल अली इन्टरप्राइजेजले उत्कृष्ट कार्य गर्ने तीन नेपाली श्रमिकलाई सम्मान गरेको छ।
१० वर्ष लामो सेवामा उत्कृष्ट कार्य गरेको भन्दै कम्पनीले बहादुर राई, दीप बहादुर पुरी र रोज मोहम्मदलाई जनही १५ हजार कतारी रियालसहित सम्मान गरेको हो।
श्रमिकहरुलाई सम्मान गर्दै कम्पनीका मालिक नासर अली अल अलीले भने “मलाई गर्व लाग्छ १० वर्षको सेवामा कामदार वफादारी र कडा परिश्रमले कम्पनीको सफलतामा योगदान पुर्यायो। मलाई आशा छ कि मेरा कर्मचारीहरूले अझ बढी सफलताहरू प्राप्त गर्न उनीहरूको बफादारी र प्रतिवद्धतालाई जारी राख्नेछन्। ”
सम्मानित हुने तीनै जना नेपालीहरु २०१० मा नासर अल अली इन्टरप्राइजेज कम्पनीमा निर्माण श्रमिकका रूपमा आएका थिए र अहिले उनीहरु दक्ष कामदारका रुपमा कम्पनीमा कार्यरत छन्।
आफूले सम्मान स्वरुप पाएको पुरस्कार पैसा आफ्नो बच्चाहरूको शिक्षाको लागि खर्च गर्ने नेपाली श्रमिक राईले बताए।
त्यसैगरी कम्पनीले अन्य १० जना कामदारहरुलाई ५ ग्रामका दरले सुनको सिक्का पुरस्कार स्वरुप प्रदान गरेको छ। कम्पनी मालिक अलीले उत्कृष्ट, मेहनती र इमान्दार कामदारहरुलाई सो सुनको सिक्का प्रदान गरेका हुन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
