एनआरएनए विधान संशोधनको तयारी, समिति गठन

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले संस्थाको विधान संशोधनको तयारी गरेको छ।

संघको आगामी विषेश महाधिवेशनमा विधान मसयौदा प्रस्तुत हुने अपेक्षा गरिएको छ। यसैबीच संघको विधान समितिका संयोजक भूषण घिमिरेले सो विधान समितिलाई बिस्तार गरेका छन्।

Advertisement

आइतवार सार्वजनिक गरिएको विधान संशोधन समितिको सहसंयोजककमा गंगाधार गौतम (बेल्जियम), प्रमोद सिटौला (अमेरिका), रामशरण सिमखडा (यूके) रहेका छन् । यस्तै क्षेत्रीय प्रतिनित्व गर्ने सहसंयोजकहरुमा सुनिल कार्की (अफ्रिका), रविन बज्राचार्य (अमेरिका), ओम गुरुङ्ग ( एशिया), पुष्प थापा (युरोप), विनोद भट्टराई (मध्यपूर्व), चेलकान्त भूसाल (ओसियाना) रहेका छन् ।

यस्तै समितिका सदस्यहरुमा कमल गुरागाई (कतार), लाल बहादुर केसी (न्युजिल्याण्ड), लक्ष्मी गिरी (बहराइन), पुनम गुरुङ्ग (यूके), यज्ञ सुवेदी (दक्षिण कोरिया), यास्मिन बेगम (साउदी अरब) रहेका छन् । समितिले संघको विधान संशोधनको मसयौदा तयार गरि संघका महासचिव डा. हेम राज शर्मा मार्फत संघलाई आफ्नो प्रतिवेदन पेश गर्ने छ।

More News last news
Loading...