उपत्यकामा १,६२२ सहित देशभर २,८२४ जनामा कोरोना संक्रमण, २३ को मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा २८२४ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा २८२४ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

Advertisement

पछिल्लो २४ घण्टामा १३०२३ जनाको पीसीआर परीक्षण गरिएको छ।

काठमाडौं उपत्यकामा १६२२ जना संक्रमित थपिएका छन्।

काठमाडौंमा १३६२, ललितपुरमा १६४ र भक्तपुरमा ९६ जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३६२० जना डिस्चार्ज भएका छन् ।

योसँगै डिस्चार्ज हुनेको जम्मा संख्या १३४८४२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको जम्मा संख्या ९६० पुगेको छ ।

More News last news
Loading...