काठमाडौं । अमेरिकी अन्तरीक्ष संस्था नासाले पहिलो पटक चन्द्र सतहमा पानी पाइएको तथ्य सार्वजनिक गरेको छ ।
सो खोजले पानी खाली चिसो वा छायाँ परेको स्थानमा मात्र सीमित नरहेको र चन्द्रमाको पूरै सतहमा भन्नेतर्फ संकेत गरेको छ।
नासाको स्ट्राटोफोरिक अब्जरभेटरी फर इन्फारेड एस्ट्रोनोमी (सोफियो)ले चन्द्रमाको दक्षिण धु्रबमा रहेका पृथ्वीबाट देखिने सबैभन्दा ठूलो मध्येको एक क्लाभस क्रेटरमा पानीको कण (एचटुओ) फेला परेको उल्लेख गरेको छ।
विगतमा चन्द्रमाको सतहमा गरिएको अनुसन्धानमा हाइड्रोजनको केही स्वरुप पाइएको थियो तर त्यसमा पानी र त्यसको रसायनिक नातेदार हाइड्रअक्सी (ओएच) हो भन्नेमा छुट्याउन सकिएको थिएन।
तर त्यो क्षेत्रबाट प्राप्त तथ्याङ्कले चन्द्रमाको सतहमा फैलिएको एक घनमिटर माटोमा एउटा १२ औैंसको बोतल बराबरको पानी रहेको देखाएको छ। सो तथ्य नेचर एस्ट्रोनोमीको पछिल्लो अङ्कमा उल्लेख छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
