दार्चुला । भारतीय सीमा सुरक्षा बल (एसएसबी) र आइटिबिपी (इन्डिया टिबेट बोर्डर पुलिस) का महानिर्देशकहरूले कालापानी क्षेत्रको भ्रमण गरेका छन्।
एसएसबीका महानिर्देशक ज्योतिर्मय चक्रवर्ती र आइटिबिपीका महानिर्देशक एसएस देशवालले भारतीय क्षेत्र बुँदी, छियालेक, गर्ब्याङ र नेपाली अतिक्रमित भूमि गुन्जी र कालापानीको क्षेत्र भ्रमण गरेका हुन्।
उनीहरूले सो क्षेत्रमा भारतीय सुरक्षाकर्मीले निर्माण गरेका ब्यारेक तथा भौतिक पूर्वाधार संरचनाको निरीक्षण गरेका हुन्।
हेलिकप्टरमार्फत उनीहरूले चीन र नेपालसँग जोडिएको क्षेत्र समेत अवलोकन गरेका भारतीय अखबार अमर उजालाले समाचार छापेको छ।
कार्तिक १ गते हेलिकप्टरमार्फत मुन्स्यारी पुगेका आइटिबिपी महानिर्देशक कार्तिक ३ गते देशबाल ४८ किलोमिटर हिँडेर चीनसँग जोडिएको अन्तिम पोस्टसम्म पुगेका सुरक्षा स्रोतले जानकारी दिएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
